झण्डा फहराऊदै एमाले धनकुटा लाग्यो त्रिसुले !
धनकुटा खबर, जेष्ठ १३ । स्थानीय तहको चुनाव प्रचार प्रसार कार्यक्रम अन्र्तगत नेकपा एमालले धनकुटाको नगरपालिकाको विभिन्न स्थानमा चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।
पार्टीले आज धनकुटाको त्रिसुले, सिंजाली टोल, मार्घा, राई गाउँ लगायतका स्थानमा कार्यक्रम सम्पन्न गरेको पार्टीका मेयर उम्मेद्धार चिन्तन तामाङ्गले जानकारी दिनुभयो ।
चुनाव प्रचार प्रसाचरमा जुटेका एमालेका नेताहरुलेस्थानीय तहको निर्वाचनका आफ्नो पार्टीले जिते पार्टीको घोणापत्र अनुसार नै विकासका कामलाई महत्व दिने वताएकाछन् ।
साथै उनीहरुले सडक स्तरोन्नती, सामुदायीक विद्यालयमा पठनपाठनको स्तरियता लगायतका कुरालाई महत्व दिने पनि वताएकाछन् । उल्लेखीत स्थानहरुमा भएको कार्यक्रमलाई पार्टीका मेयर उम्मेद्धार तामाङ्ग सहित उपमेयर उम्मेद्धार, चिन्तान तामाङ्ग,पार्टीका नगर अध्यक्ष अर्जुन छारा, वडाध्यक्ष उम्मेद्धर अजित राई, लगायतकाले सम्वोधन गरेका थिए ।


