यसरी मनाईयो धनकुटामा गणतन्त्र दिवस (फोटो फिचर सहित)

गणतन्त्र दिवसमा आधा दर्जन ब्यबसायी सहित २३ पुरस्कृत

धनकुटा खबर, जेठ १५ । जिल्ला समन्वय समिति धनकुटाले जिल्लाका बिभिन्न क्षेत्रमा कार्यरत २३ जना ब्यक्ति तथा संस्थालाई पुरस्कृत गरेको छ ।

गणतन्त्र दिवसको अबसरमा समितिले ७ साना घरेलु उद्योगी तथा ब्यवसायी,३ सामुदायिक बिद्यालयका ५ जना छात्र–छात्रा,५ आन्तरीक कर्मचारी,२ सामाजिक परीचालक,२ पत्रकार र १ सामुदायिक बिद्यालयलाई पुरस्कृत गरेको हो ।

साना उद्योग तर्फ जलकन्या माहुरी उद्योगका लोक बहादुर नेपाल,कृतिका ब्यूटी पार्लरका प्रतिमा श्रेष्ठ,न्यू मधुगंगा सिलाईकटाईका सान्ता राई,पाथिभरा खुकुरी उद्योगका चन्द्र बहादुर बिक र यूनिक हस्तकला उद्योगका रविना राई पुरस्कृत भएका छन् ।

त्यस्तै पशु पालन तर्फ देवी गोबिन्द कृषि फर्मका लेखनाथ पौडेल र गाई पालन तर्फ रविन्द्रराज योगी पुरस्कृत भएका छन् ।

साना उद्योगीहरुलाई जवनही नगद ५ हजार र पशुपालकहरुलाई १० हजारका दरले पुरस्कृत गरिएको छ ।

त्यस्तै भरखरै सम्पन्न एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल त्रिवेणी माबि र गोकुण्डेश्वर माबि धनकुटाका २–२ छात्र–छात्रा र देउराली माबिका १ छात्रालाई जनही नगद रु ५ हजारले पुरस्कृत गरिएको छ ।

त्यस्तै यस बर्षको एसईईमा उत्कृष्ट नतिजा ल्याएको धनकुटा बजारको गोकुण्डेश्वर माबिलाई नगद रु ३० हजारले पुरस्कृत गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वयन समितिका लेखापाल,प्राबिधिक,नायक सब्बा र साविक गाबिसका सचिवहरुलाई जनही नगद ५ हजारका दरले पुरस्कृत गरेको छ ।

कार्यक्रममा नागरीक समाजको तर्फबाट बिदुर सुबेदी,सामाजिक संस्थाहरुको तर्फबाट सन्जय सन्तोषी राई,नकपा माओवादी केन्द्रका ऋषिराम ढुंगाना र नेकपा एमालेका अर्जुन राईले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

प्रभातफेरी पछि आयोजना गरीएको पुरस्कार समारोहमा पुस्कृत ब्यत्ति तथा संस्थालाई प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती र स्थानिय बिकास अधिकारी पर्व प्रसाद साप्कोटाले नगद र प्रमाण–पत्र बितरण गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।