गणतन्त्र दिवसको अबसरमा ‘धनकुटा खबर’का सम्वाददाता सहित २ पत्रकार पुरस्कृत
धनकुटा खबर, जेठ १५ । गणतन्त्र दिवसको अबसरमा जिल्ला समन्वयन समिति धनकुटाले धनकुटाका २ पत्रकारहरुलाई पुरस्कृत गरेको छ ।

जिल्लामा भएको बिकासका गतिबिधीको समचार लेखनमा उल्लेखनिय योगदान पुर्याएको भन्दै नारायण कुमार राई र रविन कट्टेललाई पुरस्कृत गरिएको हो ।

राई धनकुटा खबर अनलाईन सहित बिभिन्न राष्टिय संन्चार गृह र कट्टेल ईटहरीबाट प्रकाशित उद्घोष दैनिक लगाएत बिभिन्न सन्चार गृहमा कार्यरत छन् । दुबै पत्रकारहरुलाई जनही नगद रु १० हजार र प्रमाण–पत्रले सम्मान गरिएको थियो ।


