एमालेको घरदैलो कार्यक्रम बाँकेमा तिब्र, आफ्ना एजेण्डा कुनै पनि हालतमा पुरा गर्ने एमाले उम्मेद्वारहरुको प्रतिबद्धता
कोहलपुर । दोश्रो चरणको निर्वाचनको लागि घरदैलो अभियानलाई तिब्र पार्दै आएको नेकपा एमाले कोहलपुरले चुनावि अभियान अन्र्तगत शनिवार २ वटा वडामा भेला तथा चुनावी सम्पन्न गरेको छ । कोहलपुर नगरपालिकाको वडा नं. १० को आरसी टोल र वडा नं. १५ को चन्नहवामा सभा सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व भेरी अञ्चल कमिटी सदस्य पुजन विश्वकर्माले सभामा उपस्थित कार्यकर्ता र जनताको सहभागिताले नै अभियान सार्थक हुने बताए । पहिलो चरणमा सम्पन्न भएको स्थानिय निकायको निर्वाचनको परिणामले देशैभरी एमालेको वर्चश्व कायम रहने भन्दै दोस्रो चरणमा हुन लागेको स्थानीय चुनावमा नेकपा एमालेको पक्षमा मतदान गर्न सबैलाई आग्रह पनि गरे ।

अञ्चल कमिटी सदस्य विश्वकर्माले जनताले चाहेको परिवर्तन र सम्बृद्ध नेपाल केवल नेकपा एमालेले मात्र बनाउन सक्ने भन्दै सबै मतदाताहरुले विवेक प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।यस्तै नेकपा एमालेका तर्फबाट कोहलपुर नगरपालिकाको मेयरका उमेद्वार लुट बहादुर रावतले यस अघि २ कार्यकाल साविक कोहलपुर गाविस अध्यक्षमा निर्वाचित भईसकेकाले यहाँको समस्याबारे आपूm जानकार रहेको बताए ।

उनले मतदाताहरुलाई आग्रह गर्दै भने यस पटक पुनःमलाई विश्वास गर्नुहोस् सम्बृद्ध कोहलपुरको सपना साकार पार्ने स्पष्ट भिजन र एजेण्डा म अवश्य पुरा गर्ने छु ।
कार्यक्रममा उपमेयर उमेद्वार कृष्ण कुमारी चौधरीले वर्षौदेखि पिछडिदै आएका दलित, जनजाती तथा महिलाहरुको हक अधिकारका मुद्यालाई संस्थागत रुपमा सम्बोधन गर्ने नीति एमालेले अघि सारेकाले निर्वाचनमा आपूmहरुलाई सहयोग गर्न आग्रह गरिन् ।

त्यस्तै कोहलपुर नगर संयोजक तथा एमाले महिला नेतृ बसन्ती अधिकारीले पहिलो चरणको निर्वाचनमा जसरी जनताले विश्वास गरे, दोस्रो चरणको निर्वाचनमा पनि जनताको मत एमालेले नै पाउने प्रसस्त आधारहरु रहेको बताईन् । जनताको विश्वास नै आपूmहरुको निर्वाचन जित्ने आधार रहेको उनको भनाई थियो ।


