गणतन्त्र दिवसको अबसरमा धनकुटाका ४ कैदीको कैद मिनाहा
धनकुटा खबर, जेठ १५ । गणतन्त्र दिवसको अबसरमा धनकुटाका कारगारका ४ जना कैदीहरुलाई रिहा गरेको छ ।
१४ गते आईतबार बसेको मन्त्री परिषद्को निर्णयबाट कर्तब्य ज्यान,सवारी ज्यान र बहुबिवाह मुद्दामा ४० प्रतिशत सजाय काटेको कैदीहरुलाई मुक्त गरिएको कारागार प्रमुख ईश्वरी रेग्मीले जानकारी दिनुभयो ।

मुक्त हुनेहरुमा २०६९ साल देखि कर्तब्य ज्यान मुद्दामा १० बर्षका लागि सजाय भागिरहेका धनकुटा ८ कुरुलेका राज बहादुर तामाङ्ग र २०६५ साल देखि कतब्य जानमा २० बर्षे सजाय भोगिरहेका आँखिसल्ला ३ का निरज फान्चु राई रहेका छन् ।
त्यस्तै सवारी दुर्घटनाको ज्यान मुद्दामा १ बर्ष ११ महिनाको सजाय भोगिरहेका धनकुटा ५ बढिमोरङ्गका ज्ञान बहादुर लिम्बु र बहुबिवाहमा १ बर्ष ५ महिनाको सजाय भागिरहेका धनकुटा ७ महाभारतका बिसाल कार्की मुक्त भएका छन् ।
४० जनाको क्षमता रहेको धनकुटा कारागारमा ४ कैदी रिहा भएपछि अब एक आश्रित नाबालक सहित ६४ कैदी बाँकी रहेको कारागारले जानकारी दिएको छ ।
कारागार ऐन २०१९ को संशोधित नियमावली २०७२ अनुसार जेष्ठ नागरीकको हकमा २५ प्रतिशत सजाय भुक्तान गरेका र अन्यको हकमा ४० प्रतिशत कैद भुक्तान गरेकाहरुलाई देशको बिशेष दिवसमा कैद मिनाहा दिने प्रावधान रहेको छ ।
यद्यपी मानव बेचबिखन, बलत्कार, लागुऔषध कारोबार, बन्य जन्तु तस्करी, भन्सार चोरी÷निकारी,पुरातत्विक बस्तु बेचबिखन,भ्रष्चार लगाएत बिभिन्न ९ वटा अपराधको कैद मिनाहा हुदैन ।


