भयरहित निर्वाचनका लागि धनकुटा प्रशासनद्वारा घरेलु बन्दुक संकलन
धनकुटा खबर, जेठ १५ । स्थानीय तहको निर्वाचनलाई भयरहित बनाउने भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले इजाजत प्राप्त घरेलु बन्दुक संकलन अभियान थालेको छ ।

फाईल फोटो
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना गरेर ब्यक्तिगत दर्ता प्राप्त विभिन्न प्रकारका बन्दुक आफूलाइ पायक पर्ने प्रहरी यूनिटमा बुझाउन निर्देशन दिएको छ ।
स्थानिय तह निर्वाचनका समयमा हतियारको गलत प्रयोग हुन सक्ने भएकाले फिर्ता मागिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकास उप्रेतीले जानकारी दिनुभयो ।
हतियार बुझाउन गरिएको निर्देशनलाई अटेर गरेमा हातहतियार तथा खरखजना ऐन अनुसार कारबाहि गरिने र दर्तावाल हतियार निर्वाचन सकिए लगत्तै सम्बन्धीत व्यक्तिलाई फिर्ता दिने प्रशासनले जनाएको छ ।
गत सालको चैत्र महिना देखि नै निर्वाचनलाई भयरहित रुपमा सञ्चालन गर्न गरिएको अबैध हतियार संकलन अभियानमा धनकुटामा जम्मा ४ नाल भरुवा बन्दुक मात्रै फेला परेको प्रहरीले जनाएको छ ।

