योगेश भट्टराई सहितका एमाले नेताको सहभागीतामा धनकुटा हिलेमा वृहत चुनावी र्याली प्रदर्शन
धनकुटा खबर, जेठ १५ । स्थानीय तहको चुनाव प्रचार प्रसार कार्यक्रम अन्तर्गत नेकपा एमालेले आज हिलेमा वृहत चुनावी र्याली प्रदर्शन तथा सभा सम्पन्न गरेको छ ।

हिले तोङ्गवा चोक वाट शूरु भएको र्याली वजारको विभिन्न भागको परिक्रमा गर्दै पुन; सोही चोकमा पुगी सभामा पणित भएको थियो ।
सभालाई एमाले नेता योगेश भट्टराई, गोपाल गुरागाई, मेयर उम्मेद्धार चिन्तन तामाङ्ग लगायतकाले सम्वोधन गर्नुभएको थियो ।


