रोजगारी दिलाउने भन्दै भिजिट भिसामा युएई पुर्याईएका १० नेपाली अलपत्र

काठमाडौं, भिजिट भिसामा युएई पुगेका १० जना नेपाली अलपत्र परेका छन् । भिजिट भिसामा लगेपनि म्यानपावर कम्पनीले रोजगारी दिलाउने बताएपछि उनीहरु चर्को शुल्क तिरेर त्यहाँ पुगेका थिए ।

उनीहरुलाई काठमाडौंको क्यापिटल रिक्रुटमेन्ट सर्भिस प्रालिले त्यहाँ पुर्‍याएको हो । म्यानपावरकी निर्देशक निता गौतमले आफ्नो म्यानपावरबाट उनीहरु त्यहाँ पुगेको स्वीकार्दै काम मिलाउन कोसिस गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो सम्पर्क कार्यालय त्यहाँपनि छ उनीहरुले काम मिलाउने कोसिस गरिरहेका छन् ।’

झण्डै दुई महिना पहिले उनीहरु सुरक्षा गार्डको काममा प्रतिव्यक्ति दुई लाख भन्दा बढि रकम तिरेर दुवई पुगेका थिए । तर अहिले सम्म काम नपाएको गुनासो गरेका छन् । म्यानपावर कम्पनीले भने काम नपाएसम्म मासिक साढेपाँच हजार रुपैयाँ (२ सय रियाल) दिइरहेको जनाएको छ ।

यसरी भिजिट भिसामा गएर अलपत्र पर्नेमा दिपक पुन मगर, गुना अधिकारी, मनोज, पृथ्वी रेग्मी, सुरेश जिसी, रेखबहादुर केसी, कुशल कार्की, रमेश खड्का, कुलबहादुर मगर र सुरेश रहेका त्यहीँ कार्यरत नेपालीले जानकारी गराएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।