‘संविधान कार्यान्वयन भए मात्र लोकतान्त्रिक गणतन्त्र स्थापित हुने’

धनकुटा खबर, जेठ १५ । संविधान कार्यान्वयन भए मात्र लोकतान्त्रिक गणतन्त्र स्थापित हुने आज एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । १० औं गणतन्त्र दिवसको अवसरमा आज हिले माविमा आयोजित कार्यक्रमका वक्ताहरुले यस्तो वताएका हुन् ।

हिले क्याम्पस स्वतन्त्र विद्यार्थी संगठनद्धारा आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, क्याम्पस सञ्चालन समिति अध्यक्ष चिन्तन तामाङ्ग, गुम्बा व्यवस्थापन समितिका अध्यक्ष निरन तामाङ्ग,अनेरास्वबियु जिल्ला कार्यवाहक अध्यक्ष अंकीत थापा लगायतकाले सम्वोधन गरेको अनेरास्वबियु जिल्ला कमिटी सदस्य जगत तामाङ्गले जानकारी दिनुभयो ।

संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइने गरिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।