धनकुटाका मावि तथा क्याम्पसहरुमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन
विद्यार्थीहरुलाई मतदाता शिक्षा प्रदान गर्दा उनीहरुले आ-आफ्नो अभिभावकहरुलाई पनि सिकाउने निर्वाचन आयोग धनकुटाको अपेक्षा
धनकुटा खबर, जेष्ठ १६ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी धनकुटाको विभिन्न स्थानका माद्ययामीक विद्यालय र क्याम्पसहरुमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।
जसअनुसार आज जनकल्याण मावि मार्घा, ठाकुरदेवी मावि थलथले र पञ्चकृष्ण मावि खोकुमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरु सँग अन्तरक्रिया गरिएको निर्वाचन कार्यलयका समन्वय कर्ता तथा श्रोत व्यक्ति खगेन्द्र प्रसाद आचार्यले जानकारी दनिुभयो ।
अन्तरक्रियाको सहजीकरण समन्वयकर्ता आचार्य र अर्का श्रोत व्यक्ति धर्मराज थोक्लेनले गर्नुभएको थियो । यो कार्यक्रममा नमुना मत पत्र देखाई मतदान गर्ने तरिका सिकाईन्छ ।
विद्यार्थीहरुलाई मतदाता शिक्षा प्रदान गर्दा उनीहरुले आ-आफ्नो अभिभावकहरुलाई पनि सिकाउने अपेक्षा निर्वाचन आयोगले गरेको छ ।

