सत्र जना नेपाली मृत्युदण्डको सूचिमा !

काठमाडौं, १८ जेठ । विभिन्न देशमा ३१८ जना नेपाली नागरिक विभिन्न अभियोगका कारण कारावास सजाय भोगिरहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सक्रियतामा नेपाली दूतावास रहेका र नरहेका तर प्रमाणीकरण हुने विश्वका ३२ वटा मुलुकमा रहेका नेपाली नागरिकको अवस्था बुझ्ने क्रममा यस्तो पाइएको हो ।

सरकारले पहिलोपटक यी देशमा रहेका नागरिकको खोजी गरी कारागार सजाय भोगिरहेका नागरिकको अवस्था सार्वजनिक गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको परराष्ट्र शाखाका अनुसार विभिन्न देशमा कारावास सजाय भोगिरहेका ३१८ जना नेपाली नागरिकमध्ये १७ जनालाई मृत्युदण्ड र ४३ जनालाई जन्मकैदको सजाय सुनाइएको छ।

यसैगरी विदेशका कारागारमा रहेका २३९ जनालाई न्यूनतम एक महिनादेखि ५० वर्षको कारावास सजाय तोकिएको पाइएको सो शाखाका वैदेशिक रोजगारविज्ञका रूपमा कार्यरत सुशील ढुङ्गानाले जानकारी गराए। भारतबाट भने विवरण आउन बाँकी रहेको छ । उनका अनुसार विदेशी कारागारमा रहेका नेपाली नागरिकमध्ये सबैभन्दा बढी साउदी अरब,कतार, मलेसिया, कुबेतमा रहेको पाइएको छ।

त्यसपछि दक्षिण कोरियामा नेपाली नागरिकको चाप रहे पनि ती मुलुकमा भन्दा बैङ्कक र चीनको बेइजिङ तथा स्वशासित क्षेत्र तिब्बतमा समेत नेपाली नागरिकले कारावास सजाय भोगिरहेको पाइएको ढुङ्गानाले जानकारी गराए। कार्यालयका अनुसार पाकिस्तान, श्रीलङ्का, कम्बोडिया, सिङ्गापुरजस्ता देशमा समेत नेपाली नागरिकले कारावास सजाय भोगिरहेको पाइएको छ ।

कारावास सजाय भोगिरहेका नेपाली नागरिकमाथि हत्या, लागूऔषध प्रयोग तथा कारोबार, मानव तस्करी, मादक पदार्थ उत्पादन, प्रयोग तथा बिक्री, चोरी, ठगी, बलात्कार जस्ता आरोप लगाएको पाइएको जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।