भरतपुरमा पुनः मतदान एमालेलाई कुनै पनि हालतमा मान्य नहुने, पुनः मतदान भएमा देशव्यापी आन्दोलन गर्ने चेतावनी

काठमाडौँ, १८ जेठ । नेकपा (एमाले० का अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकामा पुनः मतदान आफ्नो पार्टीलाई कुनै पनि हालतमा मान्य नहुने बताउनुभएको छ ।

एमालेबाट काठमाडौँ जिल्लाका महानगर र नगरपालिकामा निर्वाचित पदाधिकारी र सदस्यका लागि जिल्ला कमिटीले आयोजना गरेको बधाई ज्ञापन तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले पुनः मतदान भएमा आफूहरुले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

सो महानगरपालिकामा नेकपा ९माओवादी केन्द्र० का कार्यकर्ताले भरतपुर–१९ को ९० मतपत्र च्यातेपछि त्यहाँको मतगणना स्थगन भएको छ र अबको प्रक्रियाबारे निर्वाचन आयोगले निर्णय गर्न बाँकी छ । मतगणना पुनःसञ्चालन हुनुपर्नेमा माग गर्दै एमालेले दुई दिनदेखि व्यवस्थापिका संसद्मा अवरोध गर्दै आएको छ ।

उहाँले राजधानी काठमाडौँलाई हेर्न र बस्नलायक बनाउने गरी काम गर्न निर्वाचित आफ्ना प्रतिनिधिलाई निर्देशन दिनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।