जन्मदिनको बार्षिक खर्च कटाएर गरिव बिद्यार्थीलाई आर्थिक सहयोग !

धनकुटा खबर । छोरीको जन्मदिनको अवसरमा बार्षिक रुपमा हुने अनावश्यक खर्चलाई कटाएर एक वेलायती गोर्खा शैनिक दम्पतिले कम्जोर आर्थिक अबस्था भएका धनकुटाका एक विद्यार्थीलाई बार्षिक रुपमा आर्थिक सहयोग गर्नेभएका छन् ।

सैनिक सेवामा रहेका नग्स राई र उनकोको श्रीमती रेखादेवी गुरुङ्ग (राई)ले आफ्नी छोरी मिन्मा राईको पहिलो जन्मदिनको अबसरमा धनकुटाको हिले स्थित मदरल्याण्ड बोडिङ्ग स्कुलमा कक्षा ६ मा अध्ययनरत १२ वर्षिया प्रेरणा मगरलाई सहयोग गरेका हुन् ।

राई दम्पत्तिले मगरको कक्षा १० सम्म बार्षिक रुपमा लाग्ने पोशाक लगायत सम्पूर्ण शैक्षिक सामाग्री बराबरको रकम निरन्तर सहयोग गर्ने समन्वयन कर्ता तथा नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईले जानकारी दिए ।

खोटाङ्ग जिल्ला घर भई हाल वेलायमा नै बसोबास गर्दै आएका राई दम्पतिले मगरलाई यो बर्ष अध्ययन गर्दा लाग्ने शैक्षिक सामाग्रीका बराबर रु ११ हजार ५ सय रुपैया सहयोग गरेका छन् ।

बुवा–आमाले मजदुरी गरेर नीजि बिद्यालयमा पढाईरहेका मगरलाई राई दम्पतिको सहयोग जुटेपछि बिद्यालयले पनि कक्षा १० सम्म निःशुल्क अध्ययन गराईदिने सन्चालक प्रेम सुब्बाले जानकारी दिए ।

केहि महिना अघि हिलेमा रहेको सुकुम्बसी बस्तीमा सरकारले डोजर लगाएर हटाउँदा बिद्यालयबाट आएर आफ्ना शैक्षिक सामाग्रीहरु खोज्ने क्रममा धनकुटाका एक पत्रकारले उनको तस्वीर सामाजिक सन्जालमा राखेपछि मगरलाई उक्त सहयोग जुटेको हो ।


तस्वीर: सहयोग हस्तान्तरण गर्दै पाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई र सुकुम्बसी बस्तिमा हराएको किताव खोज्दै प्रेरणा(फाईल (फोटो)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।