ओलीले भने,- निर्वाचन आयोगको निर्णय मान्दैनौं

निर्वाचन आयोगले भरतपुर महानगरको मतगणना विवादको निरुपण स्वरुप वडा नम्बर नम्बर १९ मा पुनः मतदान गर्न निर्देशन दिएपछि सरोकारवाला दल नेकपा एमालेले यसको विरोध गरेको छ।

एमाले अध्यक्ष केपी ओलीले आफूहरुलाई आयोगको निर्णय मान्य नहुने प्रतिक्रिया दिएका छन्। सरकार निर्माणका सन्दर्भमा रणनीति तय गर्न बसेको बैठक सकिएपछि ओलीले सञ्चारकर्मीहरुसँग भने, ‘अहिले सरकार बनाउने तरिका पनि असंवैधानिक छ। र, यसैबेला आयोगल पनि गलत निर्णय बाहिर ल्याएको छ। हामीले त्यसलाई मान्ने कुरै हुँदैन। ’ उनले भरतपुर मतगणना नै हुनु पर्ने राय राखे।

भरतपुर महानगरमा देवी ज्ञवालीलाई मेयरका रुपमा अघि सारेको एमालेले त्यहाँ पुनः मतदान होइन मतगणनाको माग राख्दै आइरहेको थियो। पार्टीका उच्च नेताहरुले निर्वाचन आयोगका प्रमुख आयुक्तलाई नै भेटेर मतगणना गराइयोस् भन्दै ज्ञापनपत्र बुझाएका थिए। र, सोही माग अघि सारेर एमालेले संसद अवरुद्ध समेत गरिसकेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।