‘देउवा-प्रचण्ड पनि बाँकी राख्दैनौ’ भन्दै एमालेका युवा-विद्यार्थीले प्रमुख निर्वाचन आयुक्तको स्वरुप जलाए !
काठमाडौ, जेठ २० । नेकपा एमालेका भातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियुमा आवद्ध युवा विद्यार्थीले आज प्रमुख निर्वाचन आयुक्तको स्वरुप (पुत्ला) जलाएका छन् ।

चितवनको भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने आयोगको निर्णयको बिरोध गर्दै उनीहरुले प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवको पुत्ला जलाएका हुन् । उनीहरले मतगणना केन्द्रमा माओवादीका बादरे कार्यकर्ताले मतपत्र च्यातेकाले उनीहरुलाई कडा कार्वाही गर्नुको सट्टा पुन मतदान गर्ने निर्णय गरेर दोस्रो चरणको निर्वाचन हुन नदिएको आरोप लगाएका छन् । जसको मतियार प्रमुख निर्वाचन आयुक्त बनेकाले उनको पुत्ला दहन गरेको युवा संघका सचिव प्रभात विक्रम कटवालले जानकारी दिए ।
निर्वाचन आयोगको निर्णयको युवा संघ नेपाल घोर निन्दा र भत्सर्ना गर्दछ । यो निर्णय तुरुन्तै सच्याउन युवा संघ नेपाल सम्बद्ध पक्षलाई आग्रह गर्दछ सचिव कटवालले बताए । आयोगको यो निर्णयले अब हुने दोस्रो चरणको निर्बाचन हुन गार्हो पारेको छ। भोलि हार्ने पक्षले सबैले मतपत्र च्यात्ने संस्कृतीको बिकास हुन्छ । सबैले यसै गर्नेछन् । त्यसैले यो निर्णय सच्याईनु पर्दछ युवा संघ उपाध्यक्ष रमेश पौडेलले धारणा राखे ।
पुत्ला दहन कार्यक्रममा उपस्थित युवा विद्यार्थी नेताहरुले स्थगित भएको भरतपुर महानगरको वडा नम्बर १९ मा तुरुन्तै मतगणना गर्न माग गर्दै नभए युवा विद्यार्थीले कस्ता कस्ता निरंकुश तानाशाहीलाई ठिक लगाए यस्ता प्रचण्ड र देउवालाई त भन्दै धम्किी पूर्ण भाषा प्रयोग गरेका थिए


