राप्रपाका पूर्व केद्रिय सदस्य लगायतका नेता एमालेमा प्रवेश
धनकुटा खबर / कैलाली, जेठ २१ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केद्रिय सदस्य लगायतका नेता एमालेमा प्रवेश गरेका छन् ।
एमालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा राप्रपा पूर्व केद्रिय सदस्य, महाधिवेस प्रतिनिधि राजेश भण्डारी, पूर्व कैलाली जिल्ला उपाध्यक्ष लाल बहादुर शाह, धनगढी उपमहानगरपालिकाका नगर अध्यक्ष रोम स्वार, गोदावरी नगर अध्यक्ष दल बहादुर बोगटी, डोटीका पुर्व पार्टी संयोजक ओम विष्ट, राम चरण चौधरी, माओवादी केन्द्रका भरत खडका लगायतका नेताहरु एमालेमा प्रवेश भएका नेकपा एमाले कैलालीका सचिव रण बहादुर चन्दले बताएका छन् ।
उनीहरुलाई एमाले उपाध्यक्ष तथा ७ नम्बर प्रदेश सयोजक भिम रावलले टिका लगाएर पार्टीमा स्वागत गर्नुभयो । पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष रावलले नेकपा एमाले धनगढी उपमहानगरपालिकाका मेयर तर्फका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण कार्यकर्तालाई अहोरात्र खट्न निर्देशन दिएका छन् ।
कार्यक्रममा नव प्रवेशीका तर्फबाट बोल्दै राजेश भण्डारीले आसन्न दोस्रो तहको निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
उनले एमाले पार्टी मात्र देश र जनताको पक्षमा उभिने पार्टी भएकोेले आफूले सो पार्टीमा प्रवेश गरेको बताएका छन् ।
यस्तै, राप्रपाले पार्टी छाडेकालाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासित गरेको जनाएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाले पार्टीबाट साधारण सदस्य समेत नरहने गरि निष्कासशन गरेको जनाएको छ ।
चुनावको सघारमा एमालेसग सहकार्य गरि पार्टीका उम्मेद्वारलाई घात गरेकाले पार्टीबाट निष्कासित गरिएको राप्रपा जिल्ला अध्यक्ष गजेन्द्र बहादुर सिंहद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।


