‘भरतपुरमा रेणु दाहाल होइन, प्रचण्ड र देउवा नै चुनावमा उठे पनि एमालेका देवी ज्ञवालीले जित्ने छन्’ भन्दै उत्रियो युवा संघ र अनेरास्ववियु, राजधानीमा भव्य प्रदर्शन, (भिडियो सहित)

काठमाडौं, भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको बिरोध गर्दै नेकपा एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियुले राजधानीमा प्रदर्शन गरेका छन् । राजधानीमा अपरान्ह युवा संघ र अनेरास्ववियुका नेता तथा कार्यकर्ताले आयोगको निर्णय खारेज गर्न मागसहित प्रदर्शन गरिएको जनाइएको छ । उनीहरूले आयोगले आफ्नो निर्णय नसच्याएर थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । निर्वाचन आयोगले भरतपुर महानगरको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गर्दा एमालेले भने मतगणना हुनुपर्ने अडानमा छ । प्रदर्शनीमार्गबाट सुरु भएको र्‍याली पुतलीसडक, बागबजार हुँदै शान्तिबाटिका पुगेको थियो । र्‍यालीमा एमाले कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिन्थ्यो । बाँकि भिडियोमा हेर्नुहोस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।