नेपाली कांग्रेस सल्यानद्वारा १० जनालाई कारबाही, ६ जनासँग स्पष्टीकरण

सल्यान, २२ जेठ । नेपाली कांग्रेस सल्यान क्षेत्र नं. २ ले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई अनुशासनको कारबाही गरेको छ । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्बाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार बनेकाहरूलाई सहयोग नरेको तथा पार्टी नीति बिपरीतका काम गरेको भन्दै अनुशासनको कारबाही गरिएको सल्यान क्षेत्र नं. २ का क्षेत्रीय सभापति सन्तोष केसीले जानकारी दिए ।

कांग्रेस सल्यान क्षेत्र नं. २ ले १० जना नेता तथा कार्यकर्ताहरूलाई आजीबन साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । आजीवन कारबाहीमा पर्नेहरूमा कपुरकोट गाउँपालिकाबाट बिष्णु शर्मा र खडक केसी रहेका छन् ।

छत्रेश्वरी गाउँपालिकाका केशबहादुर बिष्ट, दीपेन्द्र कुँवर, डम्बर खत्री पनि कारबाहीमा परेका छन् । शारदा नगरपालिकामा साबित्रा राई, टोपबहादुर मल्ल, तुल्सीराम बस्नेत, रेशम बुढाथोकी र धनबहादुर बिश्वकर्मा पनि कारबाहीमा परेका छन् । सल्यान क्षेत्र नं. २ ले ६ जना नेता तथा कार्यकर्ताहरूसँग स्पष्टीकरण माग गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।