देउवा मन्त्रिपरिषदमा कांग्रेसबाट मन्त्री बन्नेको सूचि यस्तो छ…

काठमाडौं, जेठ २२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदैछन् । संसद सुचारु हुनासाथ देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुल्ला हुनेछ भने लगभग उनी प्रधानमन्त्री हुने पक्कापक्की जस्तै बनेको छ ।

अहिलेसम्म देउवाले सुविधाजनक बहुमत प्राप्त गर्न लागेको छन् भने प्रधानमन्त्रीका लागि एक्ला उम्मेदवार समेत हुन् ।
अब देउवाले कांग्रेसबाट क–कसलाई मन्त्री बनाउलान सबैको चासो बढेको छ । मन्त्री छान्नको लागि विमलेन्द्र निधि र रमेश लेखकले आन्तरिक गृहकार्य गरिरहेका छन् ।

स्रोतका अनुसार प्रचण्ड नेतृत्वमा भएका मन्त्रीहरुलाई नदोहोर्याउने सम्भावना बढेको छ भने नयाँलाई अवसर दिने तयारी छ ।
देउवाले आफ्ना विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री दिने लगभग पक्कापक्की जस्तै भएको छ । नजिकबाट सहयोग गर्न सक्ने र क्षमता भएका कार्कीलाई अर्थमन्त्री दिने स्रोत बताउँछ ।

देउवाले कृष्ण प्रसाद सिटौलालाई उप प्रधानसहित आफ्नो मन्त्रिपरिषदमा लाने तयारी गरेका छन् ।
यसपटक मन्त्रीमा शेखर कोइराला पनि नछुट्ने बताईन्छ । कोइरालाले परराष्ट्रमा चासो देखाएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा पनि कोइराला परराष्ट्र मन्त्री बन्ने चर्चा थियोे ।

मन्त्रीका लागि महेश आचार्य, मीन विश्वकर्मा, भीमसेनदास प्रधान, उदयशमशेर राणा, एनपी साउद, डा.नारायण खड्का, भीष्मराज आंगदेम्बे, फरमुल्लाह मन्सुरको चर्चा छ ।

त्यस्तै, बलबहादुर केसी, बद्रि पाण्डे, जीवन परियार, धनराज गुरुगं, आनन्द ढुंगाना, दिलेन्द्प्रसाद बडु, किरण यादव पनि मन्त्रीका लागि छानिने सम्भावित अनुहार हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।