सीके राउतले गरे स्थानीय चुनावमा भाग लिन आह्वान !

रौतहट, जेठ २५ । मधेसको प्रमुख दल राष्ट्रिय जनता पार्टीले नै चुनावमा भाग नलिने बताइरहेकाबेला मुलुक विखण्डनको अभियान चलाउँदै आएका डा. सीके राउतले स्थानीय चुनावमा भाग लिन मधेसी जनतालाई आह्वान गरेका छन् ।

राज्य विप्लवको मुद्दामा खेपिरहेका उनी विहीबार तारिख लिन रौतहट जिल्ला अदालत गौर पुगेका थिए । स्वतन्त्र मधेसको अभियान चलाउँदै आएका उनले स्थानीय तहको निर्वाचनको उपयोग गर्न मधेसी समुदायलाई आग्रह गरेका छन् ।

राउतले मधेशीहरुलाई स्थानीय निर्वाचनमा भाग लिनुपर्ने धारणा राखेका हुन् । तर उनले कुनै पनि मधेसवादी दललाई पनि भोट नदिने आग्रह गरेका छन् ।

उनले आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरे पनि कुनै पनि दलको चिन्हमा छाप नलाइ कोष्ठ बाहिर छाप लगाएर मत बदर गराउने भनी अभियान चलाएका छन् ।

राउतले सामाजिक सञ्जालहरुको पनि भरपुर प्रयोग गर्दै निर्वाचनमा मधेसी शहीदको सम्मानका लागि ‘कोठली बाहर मोर मारेँ’ भन्ने अभियान नै चलाएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।