यस्तो छ साउदी अरब र इरानबीचको दुश्मनीको खास कारण…
एजेन्सी । इरानको संसद र आयातुल्लाह खुमेनीको समाधीस्थलमाथि भएको हमलामा १२ जनाको हत्या गर्ने तीन जना आक्रमणकारी मारिएका छन् ।
यो हमलाको जिम्मेवारी सुन्नी चरमपन्थी संगठन आईएसले लिएको छ । यो घटनालाई एक घटना भन्दा पनि मध्यपूर्वमा एक ठूलो क्षेत्रीय टकराबको सुरुवातका रुपमा हेरिएको छ ।
यो क्षेत्रमा नश्लीय, धार्मिक, सांस्कृतिक र कूटनीतिक दरार धेरै गहिरो रहेको छ । मध्यपूर्वमा दुई दुई शक्तिशाली राष्ट्र साउदी अरब र इरानबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ र दुवै देश यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न केन्द्रित रहँदा झनै टकराबको अवस्था सिर्जना भएको छ ।
साउदी अरब कट्टरपन्थी सुन्नी इस्लामको गढ हो भने इरान शिया बहुल देश हो । दुवै देशको राजनीति र कूटनीतिमा धर्म केन्द्रमा छ ।
जानकारका अनुसार संसारमा नै साउदी अरब आफूलाई सुन्नी इस्लामको प्रमुख राष्ट्रका रुपमा लिन्छ भने इरान आफूलाई शिया मुस्लिमको प्रेरणास्रोत, रक्षक र सहयोगीका रुपमा लिन्छ ।
मध्यपूर्वमा इरान, इराक र बहराईनजस्ता देश छन्, जहाँ शियाको जनसंख्या सुन्नीको भन्दा बढी छ । बाँकी मध्यपूर्वका देशमा सुन्नी बहुसंख्यक रहेका छन् ।
मक्का मदिना रहनुका सागै संसारको सबैभन्दा ठूलो तेल भण्डार र अमेरिकाको प्रमुख सहयोगी भएका कारण पनि साउदी यो क्षेत्रमा आफ्नो प्रभावलाई अझ विस्तार गर्न चाहन्छ । सन् १९७९ को इस्लामी क्रान्तिपछि अमेरिकासँग इरानको सम्बन्ध पनि दुश्मनीपूर्ण रहँदै आएको छ ।
तेहरानमा संसद भवन र धार्मिक नेता आयातुल्लाह खुमेनीको समाधीस्थल नजिक गोलीबारीको घटना भएको हो । इरान र साउदी अरबबीच साउदी अरबका राजाले अमेरिकामाथि इजरायलका माध्यमबाट आक्रमण गराउँन दबाब बनाइरहेको विकिलिक्सले खुलासा गरेपछि दुश्मनी झनै बढेको हो ।
साउदी अरबमाथि पनि सुन्नी चरमपन्थीलाई बढावा दिएको, पैसा सहयोग गरेको आरोप लाग्ने गरेको छ भने लेबनानमा सक्रिय शिया हतियारबन्द संगठन हेजबुल्लाहलाई इरानको समर्थन रहेको आरोप छ । सिरिया र इराकमा लडिरहेका हतियारबन्द समूहरुको ‘कनेक्सन’ शिया–सुन्नीका हिसाबले इरान र साउदी अरबसँग जोडिएको बताउने गरिन्छ ।
मध्य–पूर्वमा तीन ठूला र प्रभावी नस्ल रहेका छन्–अरबी, फारसी र तुर्क । उनीहरुबीच सदियौंदेखि यस्तै तनावपूर्ण सम्बन्ध रहँदै आएको छ । यो पनि सम्झनलायक विषय हो कि एकै क्षेत्रमा रहनुका बाबजुद सांस्कृतिक रुपमा अरब र इरानी धेरै अलग रहेका छन् ।
इरान र इराकबीच ८० को दशकमा चलेको लामो लडाई पनि शिया–सुन्नी टकरावकै रुपमा हेर्न सकिन्छ । शिया बहुल इराकमाथि सुन्नी सद्दाम हुसैनको शासन थियो र उनी इराकको शिया जनसंख्यामा इरानको बढ्दो प्रभावबाट धेरै चिन्तित थिए, जो लडाईको प्रमुख कारण बन्यो ।
बहराइन र इराक यस्ता शिया बहुल देश हुन, जहाँ अल्पसंख्यक रहेर पनि सुन्नीको शासन लामो समयसम्म रह्यो । इरान र साउदी अरबबीच अविश्वासमा अर्को महत्वपूर्ण कारकतत्व भनेको अमेरिका हो ।
साउदी अरब अमेरिकी हतियारको सबैभन्दा ठूलो क्रेता हो । साउदी आफ्ना लागि आवश्यकताका लागि अमेरिकामाथि निर्भररहेको छ भने इरान र अमेरिकाबीच कुनै राजनीतिक सम्बन्ध छैन ।
अर्कोतर्फ इरान धेरै मामलामा आत्मनिर्भर रहेको छ । उसले तमाम प्रतिबन्ध र दबाबकाबीच स्वतन्त्र रुपमा आफ्नो परमाणु संयन्त्र सञ्चालन गरेको थियो ।
अफगानिस्तान एक यस्तो स्थान हो, जहाँ आफ्नो प्रभाव बढाउनका लागि इरान र साउदी अरब दुवै लागेका छन् । खासगरी पश्चिमी अफगानिस्तानमा इरान धेरै सक्रिय रहेको छ, किनकी त्यहाँ इरानको भूभाग जोडिएको छ ।
साउदी अरब र इरानबीच अझै तनाब बढेको अवस्थामा यसले मध्यपूर्वलाई नयाँ युद्धकमो अवस्थमा पु¥याउने खतरा रहेको छ ।


