पार्टी नेतृत्व सबै नेता तथा कार्यकर्तालाई उचित पुरस्कार दिने भन्दै प्रधानमन्त्री बनेलगत्तै देउवाले दिए यस्तो निर्देशन

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्तालाई राजधानीमा नबस्न र नेतृत्वको चाकरीमा नरमाउन कडा निर्देशन दिएका छन् । उनले पार्टी नेतृत्वले सबै नेता तथा कार्यकर्ताको उचित पुरस्कार दिने भन्दै स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी हुन र पार्टीलाई जिताउन कडा निर्देशन दिएका छन् ।

दोस्रो चरणको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद विस्तार गरिने बताउँदै आफ्नो पार्टीका नेता कार्यकर्तालाई काठमाडौंमा भिडभाड नगरी गाउँतिर फर्कन आग्रह गरेका छन् । मन्त्री पदका लागि दर्जनौं सांसदहरुले देउवासम्म पुग्न पहुँच प्रयोग गरिरहेको बेला देउवाको कडा निर्देशन आएको हो ।

उनले अब दोस्रो चरणको चुनावपछि मात्र मन्त्रिपरिषद विस्तार हुने भन्दै सांसदहरुलाई काठमाडौंमा भिडभाड नगरी चुनावमा खट्न निर्देशन दिएका छन् ।

पार्टी भित्र प्रतिस्पर्धी देखिएका रामचन्द्र पौडेल समूहलाई समेत अनावश्यक बार्गेनिङ नगर्न देउवाले निर्देशन दिएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्य समितिको बैठकमा सदा भन्दा देउवा कडा रुपमा प्रस्तुत भएका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।