‘प्रधानमन्त्री छोडेर माओवादीलाई जिताउन म मैदानमा आएँ’ : प्रचण्ड

सोलुखुम्बु, २६ जेठ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दोस्रो चरणको निर्वाचनमा चुनाव जिताउनका लागि आफू मैदानमा आएको बताए ।

सोलुखुम्बुको सोताङमा शुक्रबार चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले पहिलो चरणमा तेस्रो पार्टीको रुपमा देखिएको र त्यसमा आफू प्रधानमन्त्री भएकोले कुनै तयारी गर्न नभ्याएको बताए । ‘मैले त हाम्रो पार्टीले कति ठाउँमा जित्यो भन्ने नै थाहा पाएको थिइनँ । प्रधानमन्त्री छोडेर बुझ्दाखेरी ४६ ठाउँमा प्रमुख र ५२ ठाउँमा दोस्रो भएका रहेछौँ’ उनले भने, ‘त्यतिखेर म प्रधानमन्त्री रहेकोले आवश्यक तयारीमा हिँड्न पाएको थिइनँ । अब म प्रधानमन्त्री छोडेर मैदानमा आइसकेँ । अब हाम्रो जित सुनिश्चित छ ।

अध्यक्ष दाहालले स्थानीय तहमा जुनसुकै नम्बरमा आफ्नो पार्टी परे पनि प्रदेश र केन्द्रको चुनावमा माओवादी एक नम्बरको पार्टी हुने र बनाउनैपर्ने बताए । ‘जबसम्म माओवादी एक नम्बरको पार्टी हु्ँदैन, तबसम्म संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित हुँदैन’ उनले भने । उनले स्थानीय तहको चुनाव एमाले र कांग्रेसले नचाहेको बताए । उनीहरुले पुरानै संरचनामा चुनाव गराउन चाहेको बताए । तर आफूले ‘स्थानीय तहमा कुनै बेला माओवादीले, कुनै बेला एमाले र कांग्रेसले जित्ला, हार्ला तर सिस्टम बसोस्, देशले जितोस्’ भनेर चुनावको वातावरण मिलाएको दाहालको दाबी थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।