काँग्रेसभित्रै मन्त्रीका लागि मच्चियो रडाको, देउवा र पौडेलबीच नै हानथाप…

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसभित्रै मन्त्रीको विषयमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवा र वरिष्ठ नेता राचन्द्र पौडेलबीच नै हानथाप भएको छ ।

प्रधानमन्त्री देउवाले नेता पौडेल पक्षबाट मन्त्री नियुक्रिका लागि सिरफरिस हुन लागेका चार नेतामध्ये बलबहादुर केसीलाई अस्वीकार गरेपछि पौडेल तनावमा छन । यसैकारण मन्त्रिपरिषद विस्तारमा ढिलाई हुने देखिएको छ ।

पार्टी सञ्चालनबारे पार्टी सभापति देउवाको कडा आलोचना गर्दै आएका केसीको नाम नपठाउन उनले पौडेललाई आग्रह गरेउछि दउवाले कुनै हालतमा केसीलार्इ मन्त्री बनाउन नसकिने बताएका नेपाली काँग्रेसका एक नेताले इमान्दार मिडियालार्इ बताए ।

पौडेल पक्षले भने आफ्नो समूहबाट मन्त्री बनाउने नामको टुंगो लागे पनि कुन कुन मन्त्रालय पाउने प्रस्ट नभएसम्म नपठाउने अडान लिएको ईमान्दारमिडियामा खबर छापिएको छ ।

पौडेले पठाउने सूचीमा केसी, महेश आचार्य, रामकृष्ण यादव र सरिता प्रसाईँको नाम रहेको उनी निकटले बताएका छन् । ‘तर यता सभापति देउवाले पावरफुल मन्त्रालय आफुनिकटका नेताहरूलार्इ दिने तयारी गरेकाे थाहा पाएपछि पैडेलले यस्तो अडान राखेका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।