एमाले अवसरवादी पार्टी हो : प्रचण्ड

काठमाण्डौं, २७ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अवसरवादी भएको आरोप लगाउँदै सम्पुर्ण परिर्वतनको केन्द्रविन्दु माओवादी पार्टी भएको दाबी गरेका छन् ।

शनिबार विहान लाजिम्पाटस्थित आफ्नै निवासमा पार्टी प्रवेश कार्याक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीको नेतृत्वका कारण नै मुलुकमा परिर्वतनको महसुस गर्न सकिएको दाबी गरेका हुन् ।

माओवादी नेतृत्वले नै संघीय लोकताीन्त्रक गणतन्त्रलाई संस्थागत गर्दै संविधानको स्वीकार्यता बढाई त्यसलाई संस्थागत गर्ने कुरामा गम्भीर पहल कदमी लिएको भन्दै उनले त्यसले जनतामा या आशा र विश्वासको संचार गराएको बताए ।

आफुले दोश्रो पटक सरकारको नेतृव्त गरेर बाहिरिदैं गर्दा केही मान्यता स्थापित गर्न सकेको भन्दै उनले त्यसले नै मुलुकलाई सफल राष्ट बनाउने दाबी समेत गरे ।

प्रचण्डले पार्टी बाट भिन्न भएका विप्लव नेतृत्वको समुह र बैद्य नेतृत्वको समुहलाई कुनै भ्रममा नपरी पार्टीमा एकत्रित हुन आव्हान समेत गरे ।

प्रचण्डले मुलुकलाई आर्थिक सम्वृद्धिको बाटोमा लैजान संविधानको स्वीकार्यता बढाउदै सफल कार्यान्वयनका लागि दोश्रो चरणको स्थानीय तहको निर्वाचनको साथै प्रदेश र केन्द्रको निर्वाचन माघ ७ गते भित्रै सम्पन्न गर्नुपर्ने मुल जिम्मेवारी पुरा गर्नुपर्ने एकजुट हुन पनि कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा विप्लव, बैद्य समुहका साथै राप्रपा र एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेका कार्यकर्तालाई अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।