हिले स्थित माछापुच्छ्रे बैंकले ५२ पाउण्ड रगत संकलन गरी धरान पठायो
हिलेमा रक्तदान कार्यक्रमको आयोजना
धनकुटा खबर, जेष्ठ २७ । माछापुच्छ्रे बैंक धनकुटा १ हिले शाखाले आज ५२ पाउण्ड रगत संकलन गरेको छ । यसअघि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको यो बैंक शाखाले आज हिलेमा रक्तदान कार्यक्रमको आयोजना गरी रगत संकलन गरेको हो ।

संकलित रगत व्लडबैंक धरान पठाईएको बैंकका शाखा प्रवन्धक रमेश अधिकारीले जानकारी दिनुभयो । रक्तदान कार्यक्रमको उद्घाटन उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले पानसमा वत्ती वाली गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै सहभागीहरुले बैंकको यस प्रकारको कार्यले अन्य संघ संस्थालाई पनि सामाजिक कार्यमा लाग्न प्रोत्साहन मिल्ने वताएका थिए ।
बैंकका शाखा प्रवन्धक अधिकारीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा उद्योगवाणिज्य संघका अध्यक्ष घिमिरे सहित हिले वजार व्यवस्थापन समितिका अध्यक्ष वुद्ध तितुङ्ग,होटल एशोसिएशन धनकुटाका अध्यक्ष खगेन्द्र विष्ट, समाजसेवीहरु सिताराम श्रेष्ठ, भुपेन्द्र कटुवाल, शान्ति खड्का, ओङ्गदा तामाङ्ग, निरेन तामाङ्ग लगायतकाले मन्तव्य राखेका थिए ।
कार्यक्रममा दिईएको जानकारी अनुसार देशभर ५६ वटा शाखा कार्यलय रहेको यो वैंकको हिले शाखाको सेवाग्राही ४ हजार भन्दा धेरै छन् भने यो वर्षको निक्षेप २२ करोण र ऋण ३३ करोड रहेको छ ।
२०६७ सालवाट हिलेमा स्ट्ण्डर फाईनान्सको नामले सञ्चालन भई २०६९ सालमा माछापुच्छ्रे बैंकसँग मर्ज भई यो बैंकले सेवा प्रदान गर्दै आएको छ ।


