प्रचण्डले ‘अब मिलौँ’ भनेपछि वैद्यको यस्तो काउण्टर,- भारतसगको संगत छाडेर मसँग कुरा गर्न आउनुस्

काठमाण्डौं, २८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले नेकपा माओवादी केन्द्रसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् ।

वैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको पार्टी एकता प्रस्तावलाई ठाडै अस्वीकार गरे । आफ्नै निवास लाजिम्पाटमा शनिबार भएको एक कार्यक्रममा प्रचण्डले भुलभुलैयामा परेर छुट्टै बस्न जरुरी नरहेको भन्दै वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई एकतामा आउन अपिल गरेका थिए ।

उनले आफूले एकताका लागि पहल गर्ने समेत बताए । तर वैद्यले एकताको कुनै सम्भावना नरहेको जवाफ दिए । ‘एकता गर्ने भन्ने कुरा नै बेकारको हो’, काठमाण्डुटुडेसँग वैद्यले भने, ‘बेकारको कुराका पछाडि लागेर समय बर्बाद नगरौं ।’ उनले प्रचण्डभन्दा पनि उनका वरिपरिका व्यक्तिहरु खराब रहेको आरोप लगाए ।

‘प्रचण्डजीसित एकताको कुनै सम्भावना छैन’, वैद्यले भने, ‘उहाँका वरिपरिका मानिससँग धेरै खराब छन् ।’ यद्यपि प्रचण्ड नजिकका खराब मानिस को हुन् भन्नेबारे उनले खुलाउन चाहेनन् ।

वैद्यले एकता मात्र नभई तत्कालका लागि आफूहरुबीच कार्यगत एकतासमेत हुन नसक्ने स्पष्ट गरे । खराब मानिसहरुको घेराबन्दीबाट मुक्त भएको अवस्थामा मात्र एकताबारे सोच्न र कुराकानी गर्न सकिने उनको भनाइ थियो ।

यो पनि पढ्नुहोस् -> मोहन वैद्य र नेत्र विक्रम चन्दलाई प्रचण्डले भने, – अब मिलौँ 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।