धनकुटामा राप्रपाका नगर उपाध्यक्ष सहित करिब तीन दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश

धनकुटा खबर, जेठ २८ । धनकुटाको महालक्ष्मी नगरपालिकामा एमालेले चुनावी घरदैलो अभियान जारिराखेको छ । अभियानका क्रममा शनिवार लेगुवाको रामबजारमा सांस्कृतिक कार्यक्रम सहितको घरदैलो अभियान सन्चालन गरेको छ ।

यसै बिच घरदैलो अभियान संचालनकै अबसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महालक्ष्मी नगर उपाध्यक्ष पर्शुराम कटुवाल सहित राप्रपाका करिव तीन दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन ।

नव प्रवेशीहरुलाई एमालेले नेता ईन्दमणी पराजुली एमालेको तर्फबाट महालक्ष्मी नगरका मेयरका उम्मेदवार पर्शुराम नेपाल लगायतका नेताले अविर तथा पार्टीको चुनाव चिन्ह अङ्कीत भेष्ट र क्यापटोपी प्रदान गरी स्वागत गरेको एमाले प्रचार विभागका भेषराज कट्टेलले जानकारी दिनुभएको समाचार रेडियो लालिगुरासले प्रसारण गरेको छ ।

एमालेले महालक्ष्मी नगरको चानुवा र डाँडा गाउमा चुनावी सभा सहित घरदैलो अभियान सम्मपन्न गरिसकेको बताएको छ ।

यसै बीच लेगुवा, मुर्तीढुङ्गा, जितपुर लगाएतका स्थानमा पनि घरदैलो अभियान जारि रहेको अभियानमा सहभागी एमाले कार्यकर्ता रेवती नारायण नेपालले जानकारी दिनु भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।