पूर्वमा माओवादी त्याग्नेको लहर चल्यो, चुनावको मुखैमा गाउँका माओवादी लाइन लागेर एमाले प्रवेश

भोजपुर, २९ जेठ । एमाले विरुद्ध कांग्रेस, माओवादी, संघीय समाजवादी, लिम्बुवान लगायत सबै पार्टीले मोर्चाबन्दी गरेको पूर्वमा माओवादी त्याग्नेको लहर चलेको छ । चुनावकै मुखमा माओवादीका इन्चार्ज सहित ३५ जना नेताले माओवादी छोडेर एमाले प्रवेश गरेका छन् ।

माओवादी केन्द्र भोजपुरका सचिवालय सदस्य एंव इलाका इन्चार्ज भूमिलाल राई माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् । पार्टीका इन्चार्ज नै एमालेमा प्रवेश गरेपछि उनीहरुले भोजपुरमा माओवादी शुन्य हुने दावी गरेका छन् ।

राष्ट्रहित विपरित एजेण्डा बोकेर माओवादीले देशलाई धोका दिएको भन्दै उनीहरु एमाले प्रवेश गरेका हुन् । उनले माओवादीप्रति रहेको भ्मबाट जति छिटो मुक्त हुन्छ त्यति नै देशले प्रगति गर्ने वताए ।

हतुवागढी गाउँपालिकाको वडा नं ९ हसनपुरमा एमालेको चुनावी सभामा उनीहरुलाई एमाले पोलिटव्युरो सदस्य शेरधन राई, जिल्ला पार्टी अध्यक्ष एंव गाउँपालिका अध्यक्षका उम्मेदवार प्रेमकुमार राईले अविर माला लगाएर पार्टीमा प्रवेश गराएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।