एमालेले नै धोका दिएर यी ठाउँबाट एमालेलाई नराम्रोसँग हराए !

काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीबाट हराइएको भन्दै नेकपा एमालेमा गुनासो बढेको छ । प्रदेश नम्बर ३ को कमिटीले चुनावी रिपोर्ट नै मगाएको छ । एमाले महासचिव ईश्वर पोखरेलले कतिपय स्थानीय तहमा एमालेले एमालेलाई भोट नदिएर थोरै मतले धेरै नेताहरु पराजित भएको भन्दै चुनावको बेला धोखा दिनेहरु एमालेलाई नचाहिने बताए । उनले भने, ‘आफ्नै पार्टीका साथीहरुले हराएका उजुरी परेका छन् । चुनावको बेला एमाले नहुनेहरु कहिल्यै चाहिँदैन, उनीहरुको पहिचान हुँदैछ र दण्डित हुनेछन् ।’

रसुवा, मकवानपुर, धादिङ, काभ्रे, सिन्धुली लगायतका कतिपय जिल्लाका स्थानीय तहमा एमालेभित्रकै अन्तर्घातले गर्दा उपप्रमुख जितेर प्रमुख हारिएको रिपोर्ट पेश भएको एमाले स्रोतले जनाएको छ । धेरै वडामा अन्तर्घातकै कारण चुनाव हारिएको रिपोर्ट प्रदेश कमिटीमा प्राप्त भएको छ ।

रसुवामा ५ वटै स्थानीय तहका उपप्रमुख एमालेले जित्दा प्रमुख भने २ जना मात्र जितेका छन् । मकवानपुरमा पनि २ स्थानीय तहमा अन्तर्घातका कारण प्रमुख हारिएको र सिन्धुलीको तीनपाटन तथा धादिङको ज्वालामुखी गाउँपालिकामा पनि एमालेले एमाले हराएको रिपोर्ट पेश भएको छ । ललितपुरमा पनि अन्तर्घात भएको एमालेलेको निष्कर्ष छ ।

३ नम्बर प्रदेशका ११९ स्थानीय तहमध्ये एक महानगर, एक उपमहानगरसहित ६४ स्थानमा प्रमुख जितेर एमालेले बहुमत हासिल गरेको छ । भरतपुर महानगरमा मतपत्र च्यातिएका कारण गणना स्थगित भएको छ ।

एमालेको प्रदेश नम्बर ३ कमिटीले सबै जिल्लाबाट चुनावी रिपोर्ट मगाएको छ । जितेको र हारेको ठाउँका बस्तुगत कारण मागेर समिक्षा गर्न लागिएको पोलिटव्यूरो सदस्य अरुण नेपालले बताए । – अनलाइन खबरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।