मधेशमा मधेशकेन्द्रित पार्टीका नेता-कार्यकर्ता तथा स्वतन्त्र बुद्धिजीवि-व्यवसायी एमालेमा प्रवेश गर्ने क्रम बढ्यो

काठमाडौं, २९ जेठ । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनेको नेकपा एमालेमा बिभिन्न मधेशकेन्द्रित पार्टीका नेता÷कार्यकर्ता तथा स्वतन्त्र बुद्धिजीवि÷व्यवसायी प्रबेश गर्ने क्रम बढ्दो छ ।

प्रदेश न. २ को सबैभन्दा ठूलो शहर वीरगन्जका मेडिकल ब्यवसायी बसरूद्दिन अन्सारी सोमबार एमाले प्रबेश गरेका छन् । उनी नेशनल मेडिकल कलेज वीरगन्जका प्रबन्ध निर्देशक हुन् । उनलाई एमालेले वीरगन्जको मेयरको उम्मेद्वारका रुपमा अघि सार्ने संभावना छ । वीरगन्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर २ इन्चार्ज सत्यनारायण मण्डल र केन्द्रीय कमिटी सदस्य रघुविर महासेठले अवीर र माला लगाएर उनलाई एमालेमा प्रबेश गराएका थिए ।

माओवादी केन्द्र परित्याग गरि एमाले प्रवेश गरेका अन्सारीसँगै राजपा, कांग्रेस तथा अन्य पार्टीका कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका थिए ।

यसअघि नै सिरहाको लाहानमा मुन्नी साह एमाले प्रबेश गरेका थिए, जसलाई एमालेले लाहान नगरपालिकाको मेयरको उम्मेद्वार बनाएको छ । त्यस्तै, सप्तरीको राजबिराजमा सुखीराम यादव एमाले प्रबेश गरेका थिएन, उनी पनि राजबिराज नगरपालिकाको मेयरका उम्मेद्बार भएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।