लामो समयको रस्साकस्सीपछि अन्ततः कोहलपुर नगरपालिकामा काँग्रेस उम्मेदवार टुङ्गो लाग्यो

कोहलपुर (बाँके), २९ जेठ । लामो समयको रस्साकस्सीपछि अन्ततः नेपाली काँग्रेस बाँकेले कोहलपुर नगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारी टुङ्गो लगाएको छ ।

दुई नगरपालिका र छ गाउँपालिका गरी आठ स्थानीय तह रहेको बाँकेमा काँग्रेस बाँकेले कोहलपुर नगरपालिका प्रमुखका लागि भानुभक्त भट्टराई र सञ्जु थारूलाई उपप्रमुखमा उम्मेदरवारका रुपमा खडा गरेको काँग्रेस बाँकेका पार्टी सभापति किरण कोइरालाले बताउनुभयो । कोहलपुर नगरपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रमुख र उपप्रमुखका उम्मेदवारको नामावली सार्वजनिक गरिसकेका छन् ।

एमालेले प्रमुखमा लुटबहादुर रावत र उपप्रमुखमा कृष्णकुमारी थारूलाई तथा नेकपा माओवादी केन्द्रले प्रमुख नरेन्द्र न्यौपाने र उपप्रमुखमा देवी चौधरीलाई उम्मेदवार बनाएका छन् । थारू समुदायको बाहुल्य रहेको नगरपालिकामा १५ वटा वडा छन् । सत्तरी हजार ६४७ जनसङ्ख्या रहेको नगरपालिकामा काँग्रेसले १५ वटै वडाको वडाध्यक्षको नाम टुङ्ग्याए पनि अन्य दलले सबै वडाका उम्मेदवार टुङ्ग्याई नसकेको जनाएका छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।