चौविसे गाउँपालिकामा तात्यो फोरम र कांग्रेसको संयुक्त गठवन्धन !
संघीय समाजवादी फोरम नेपाल र कांग्रेसको संयुक्त गठवन्धन चुनावी घरदैलो अभियानमा
धनकुटा खबर, जेष्ठ २९ । स्थानीय तहको दोश्रो चरणमा हुन लागेको निर्वाचनको जीतलाई आफ्नो पक्षमा पार्न चौविसे गाउँपालिकाको विभिन्न स्थानमा संघीय समाजवादी फोरम नेपाल र नेपाली कांग्रेसको संयुक्त गठवन्धनले आजवाट चुनावी अभियानलाई तिव्रता दिएकाछन् ।
जसअनुसार आज सो गाउँपालिकाको ४ नं वडा साविक कुरुलेतेनुपा वडा नं १ वास्थला, वडा नं ४ डाँडागाउँ र वडा नं ८ भैसेटारमा घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । चौवीसे गाउँपालिका वडा नं ४ का चुनाव प्रचार प्रसार समिति संयोजक वासुदेव ढुङ्गानाको नेतृत्वको टोलीले ती स्थानहरुमा चुनावी घरदैलो अभियान सञ्चालन गरेको हो ।
घरदैलो अभियानमा सो गाउँपालिका प्रमुख उम्मेद्धार नेपाली कांग्रेसका हर्कमान चेम्जोङ्ग,उपप्रमुख उम्मेद्धार संघीय समाजवादी फोरमका उपेन्द्र लावती, वडा नं ४ का वडाध्यक्ष उम्मेद्धार जीवन मोक्तान, महिला सदस्य उम्मेद्धार लक्ष्मी पौडेल, दलित सदस्य उम्मेद्धार कल्पना परियार,खुल्ला सदस्यद्धय पूर्ण कुमार मगर र रुद्र निरौला सहितकाले सक्रिय सहभागीता जनाएका थिए ।


