धनकुटाको उत्तरपानीमा यात्रुबाहक बुलेरो जिप दुर्घटना, १ जनाको मृत्यु, २ जना गम्भिर घाईते

धनकुटा खबर, जेठ,२९ । धनकुटाको उत्तरपानी स्थित यात्रुबाहक बुलेरो जिप दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना गम्भिर घाईते भएका छन् ।

बेलुकी ५ ः ३० बजे हिलेबाट छिन्ताङ्ग तर्फ जाँदै गरेको को १ ज २०७७ नं.को बुलेरो दुर्घटना हुंदा धनकुटा नगरपालिका ९ मार्गा निवासी ७० बर्षिया तुलाराम बरालको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

अनियन्त्रित भई सडकबाट करिव ४० मिटर तल खेतमा जिप झरेको थियो । दर्घटनामा परी छात्तिमा गम्भिर चोट लागेको खाल्सा छिन्ताङ्ग शहिदभुमी वडा नं.५ की ६७ बर्षिया अम मायाँ राई अचेत अबस्थामा रहेको छ । त्यस्तै र सोही वडा न.२ छिन्ताङ्गका ८५ बर्षिया देउध्वज राई छात्तिमा चोट लागेर गम्भिर घाईते भएको प्रहरीले जानकारी दिएको छ । अर्का १ जना छिन्ताङ्ग ९ बर्ष २० की सुजता राईलाई हातमा सामान्य घईते भएको र अन्य बिवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

घाईतेहरुको धनकुटा र हिले अस्पतालमा उपचार गरिएको र फरार सवारी चालको खाजिभईरहेको प्रहरीले बताएको छ ।

अपडेट समाचार हेर्न यहाँ क्लिक गर्नुहोस् -> अपडेट: धनकुटाको उत्तरपानीमा बुलेरो दुर्घटना हुँदा १ को घटना स्थलमै मृत्यु, ११ जना घाइते मध्ये ४ को अबस्था गम्भिर 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।