अपडेट: धनकुटाको उत्तरपानीमा बुलेरो दुर्घटना हुँदा १ को घटना स्थलमै मृत्यु, ११ जना घाइते मध्ये ४ को अबस्था गम्भिर

धनकुटा खबर, जेठ २९ । धनकुटाको उत्तरपानी स्थित यात्रुबाहक बुलेरो जिप दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ भने अन्य ४ जना गम्भिर घाईते भएका छन् ।

बेलुकी ५:३० बजे हिलेबाट छिन्ताङ्ग तर्फ जाँदै गरेको को १ ज २०७७ नं.को बुलेरो दुर्घटना हुंदा धनकुटा नगरपालिका ९ मार्गा निवासी ७० बर्षिया तुलाराम बरालको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक समाचार हेर्न यहाँ क्लिक गर्नुहोस् -> धनकुटाको उत्तरपानीमा यात्रुबाहक बुलेरो जिप दुर्घटना, १ जनाको मृत्यु, २ जना गम्भिर घाईते

अनियन्त्रित भई सडकबाट करिव ४० मिटर तल खेतमा जिप झरेको थियो । १५ जना जना सवार बुलेरो दुर्घटनामा घाईते भएका ११ मध्ये ४ जनाको अबस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।

दर्घटनामा परी खाल्सा छिन्ताङ्ग शहिदभुमी वडा नं.५ की ६७ बर्षिया अम मायाँ राई र छिन्ताङ्ग २ का ८५ बर्षिया देउध्वज राईको अबस्था गम्भिर भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै नाम वतन खुल्न नसकेको अन्दाजी २२ बर्षकी एक युवती र ४५ बर्षिकी एक महिलाको पनि गम्भिर घाईते रहेको धनकुटा प्रहरीका प्रहरी उपरीक्षक सुदिपअधिराज भण्डारीले जानकारी दिनुभयो ।

घाईते हुनेहरुमा छिन्ताङ्ग ९ की सुजना राई छिन्ताङ्ग ४ का प्रेम बहादुर राई बिश्व राई, छिन्ताङ्ग ५ की निर्मला राई,हरि प्रसाद राई र डम्बर बहादुर राई, र छिन्ताङ्ग ६ की लक्ष्मी राई रहेका छन् ।

घाईतेहरुको धनकुटा र हिले अस्पतालमा उपचार गरिएको र फरार सवारी चालको खाजिभईरहेको प्रहरीले बताएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।