एमाले धनकुटाद्वारा हिले स्थित गैरिटोलमा चुनावी सभा सम्पन्न, जितेमा विकास निर्माणको काममा कुनै कसर नछाड्ने प्रतिबद्दता

धनकुटा खबर, जेष्ठ २९ । स्थानिय तहको निर्वाचन प्रचार प्रसार कार्य अन्तर्गत आज नेकपा एमाले धनकुटा नगरपालिका वडा नं १ हिलेले गैरिटोलमा चुनाबि सभा सम्पन्न गरेको छ ।

सभामा वोल्दै मेयर उम्मेदार चिन्नतन तामाङ र वडा अध्यक्ष्य उम्मेदार निरेन तामाङले स्थानिय तहको सरकार एमालेले जितेपछि विकास निमार्णको सम्पूर्ण काम गर्ने, हिलेलाई १ नम्वर प्रदेशको पर्यटकिय क्षेत्र बनाउने र स्वच्छ खानेपानीको नियमित व्यवस्था गर्ने प्रतिबद्धता जनाउदै स्थानिय तहको विकासको लागि एमाले लाई जिताउन आग्रह गरेकाछन् ।

सोही अवसरमा गगां राईको अध्यक्ष्यतामा २९ सदस्य टोल कमिटी समेत गठन गरिएको छ । कमिटीको सचिवमा फुर्वा शेर्पा सदस्यहरुमा दावा शेर्पा, इन्द्रबम्जन, चन्द्रबहादुर सुब्बा, प्रेम बहादुर तामाङ, राम कुमार तितुङ, भुपाल मोक्तान, कुलराम राई, लिला मगर, टिकाधन राई, बालकुमार राई, लाक्पा दिक्कि शेर्पा, मिना राई, इन्दिरा पाण्डे र शान्ति तामाङ लगायत रहेकाछन् ।

त्यस्तै नेकपा एमाले पाख्रीवास वडा नं १० को आयोजनामा खिँवु टोल,राडीवाल टोल र वेलाहारे टोलमा चुनावी घरदैलो कार्यक्रम सम्पन्न भएको छ । अभियानमा संलग्न पार्टीका नेताहरुले धर्मशाला, गम्भिरे ग्रामीण सडकको मर्मत सम्हार गर्ने, कच्चीवाटोलाई प्राथामित्ता दिने वाटो नपुगेको टोलमा वोटो पुर्याउने, खानेपानीको व्यवस्था गर्न पहल गर्ने, कृषीमा विकास गर्ने र भारती उमाविको भौतिक संरचना व्यवस्थापन गरी गुणस्तरिय पढाई सञ्चालनका लागि पहल गर्ने प्रतिद्धता जनाएकाछन् ।

कार्यक्रममा वडाध्यक्ष उम्मेद्धार हरि खत्री,वडासदस्य उम्मेद्धारहरु कल्पाना राई,तिलक विश्वकर्मा पार्टीका वडा सदस्यहरु विरेन्द्र समाल,गोरख राना लगायतकाले स्थानीय स्तरको विकासका लागि एमालेलाई मतदान गरी जिताउन आग्रह गरेकाछन् । कार्यक्रममा चरन कुथुमी,रुद्र न्यौपाने,हिरामान राई लगायतको सहभागीता थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।