विराटनगरमा राजपाको आन्दोलन हिंसात्मक बन्दै, चार सवारी साधनमाथि तोडफोड

विराटनगर, ३० जेठ । बन्दको उलंघन गरेको भन्दै राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले विराटनगरमा चार सवारी साधानमा तोडफोड गरेका छन् । विराटनगरका विभिन्न स्थानमा एउटा टाटा सुमो, दुईवटा टेम्पो र एउटा सिटी सफारी तोडफोड गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह थापाले बन्दकर्ताले बा ३ ख ८३७४ नम्बरको टाटा सुमो को २ ह ५३६८ र को १ ह १९८३ नम्वरको टेम्पो र को १त ४२र८ को सिटी सफारी तोडफोड गरेका हुन ।

बन्दकर्ताले सवारीसाधान तोडफोड गरेपनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।विहानको समयमा केही खुल्ला रहेको विराटनगरमा अहिले भने वन्दको प्रभाव बढदै गएको छ । चुनाव बहिष्कार गर्ने भन्दै राजपाले आन्दोलन घोषणा गरेको थियो । आन्दोलनमा उत्रिएको राजपाले आजवाट तराईका जिल्लामा तीन दिने आम हड्तालको घोषणा गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।