धनकुटाको पाख्रीबास पुगेका डा. शेखर कोईरालाले भने,- पाख्रीवास नगरपालिकाको विकासका लागि कुनै कसर बाँकी राख्दैनौं (भिडियो सहित)
धनकुटा खबर, जेष्ठ ३० । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोईरालाले पाख्रीवास नगरपालिकाको विकासका लागि आफुले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएकोे छ ।
नेपाली कंग्रेसले आज पाख्रीवास नगरपालिका वडा नं ९ उत्तरपानीमा आयोजना गरेको उम्मेद्धार घोषणा सभालाई प्रमुख अतिथिको आसनवाट सम्वोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

यो ठाउँमा यसअघि पनि आफु धेरै पटक आएर यहाँको समस्याहरुको पहिचान गरेको वताउदै उहाँले कृषी,पर्यटक लगायतका विभिन्न कोणवाट पाख्रीवास नगरपालिकामा विकासको धेरै सम्भावना रहेको वताउनुभयो ।
स्थानीय तहको निर्वाचनमा नेपाली कंग्रेसले जिते यस्ता सम्भवित स्थानहरुमा आफ्नो पार्टी र आफ्ना स्थानीय तहका उम्मेद्धारहरुले विकास गर्नेमा कुनै शंका नगर्न आग्रह गर्दै उहाँले स्थानिय तहको निर्वाचनमा रुख चिन्हमा मतदान गरी नेपाली कंग्रेसलाई विजनयी गराउन मतदाताहरुलाई अनुरोध गर्नुभयो । सभाको अवसरमा नेकपा एमाले,राप्रापा र नेकपा माओवादी केन्द्र परित्याग गरी २७ जना भन्दा वढी व्यक्ति नेपाली कंग्रेसमा प्रवेश गरेकाछन् ।
नव प्रवेशीहरुलाई पार्टीका केन्द्रिय सदस्य कोईरालाले अविर र माला लगाई पार्टीमा स्वागत गर्नुभयो । सभामा नेपाली कंग्रेसका पाख्रीवास नगरपालीका मेयर उम्मेद्धार ईन्दिरा थापा उपमेयर उम्मेद्धार ज्ञान वहादुर गुरुङ्ग,वडाध्यक्ष उम्मेद्धारहरुको तर्फवाट डिवि तामाङ्ग लगायतकाले आ आफ्नो प्रतिवद्धता पत्र वचन गरी सहभागीहरुलाई रुख चिन्हमा मतदान गरी आफुहरुको प्यानललाई नै सिजताउन आग्रह गरेकाछन् ।

नेपाली कंग्रेसले पाख्रीवास नगरपालिकाको वडा नं १ मा भैरव वहादुर अधिकारी वडाध्यक्ष,सदस्यद्धय पदम वहादुर भूजेल र ओम प्रकाश पराजुली,महिला सदस्यमा डम्वर कुमारी धमला र दलित सदस्यमा सानुपरियार वडा नं २ को वडाध्यक्ष उम्मेद्धारमा भुपाल पुलामी सदस्यहरु द्धय लेख वहादुर गान्छाकी र ईन्द्र वहादुर गान्छाकी, महिला सदस्यमा वालिका पुलामी र दलित सदस्यमा सिता सार्की वडा नं ३ को वडाध्यक्षमा चन्द्र लिम्वु,सदस्यद्धयभक्त वहादुर राई र पदम कुमारी न्यौपाने, महिला सदस्यमा टेकमाया मगर र दलित सदस्यमा पार्वती परियार वडा नं ४ वडाध्यक्षमा भक्त वहादुर गरुङ्ग,सदस्यद्धय श्याम प्रकाश राई र सन्तोष मानन्धर, महिला सदस्यमा कल्पना दवाडी र दलित सदस्यमा राधा विश्वकर्मा वडा नं ५ को वडाध्यक्षमा भिम वहादुर देउजा,सदस्यद्धय मान वहादुर तामाङ्ग र डाईन्द्र कार्की,महिला सदस्यमा पुष्प कुमारी कोईराला र दलित सदस्यमा अञ्जना दर्नाल वडा नं ६ को वडाध्यक्ष्मा गोरख वहादुर पीठाकोटे,सदस्यद्धयमान वहादुर राई र भीम वहादुर थापा,महिला सदस्यमा देवीमाया भूजेल र दलित सदस्यमा गोरिमाया वराईली वडा नं ७ को वडाध्यक्षमा पोषण वहादुर थापा, सदस्यद्धय लाल वहादुर तामाङ्ग र पदम वहादुर थापा महिला सदस्य सुनिता देवान र दलित सदस्यमा फुलमाया विक वडा नं ८ को वडाध्यक्षमा गोकुल घिमिरे, सदस्यद्धय गजेन्द्र राई र देवी वहादुर पुरी महिला सदस्य तारा राई र दलित सदस्य तारा परियार वडा नं ९ को वडाध्यक्षमा धन वहादुर मोक्तान सदस्यद्धय कुल वहादुर थापामगर र ईन्द्र वहादुर मस्राङ्गी महिला सदस्य प्रमिला तामाङ्ग र दलित सदस्यमा डम्वर कुमारी दर्जी र वडा नं १० को वडाध्यक्षमा कृष्ण कट्टेल सदस्यद्धय टिका प्रसाद वास्कोटा र महेन्द्र राई महिला सदस्यमा डम्वर कुमारी निरौला र दलित सदस्यमा हर्कमाया विशंखे को नाम घोषणा गरेको छ ।
उम्मेद्धार घोषणा सभालाई सांषद अञ्जना ताम्लि, पार्टीका पूर्व जिल्ला सभापतिहरु हरि राई, हरि अधिकारी पूर्वजिल्ला उपसभापति अजित नारायण सिंह थापा लगायतकाले सम्वोधन गरेका थिए ।
उता जिल्लाको खाल्सा छिन्ताङ्ग शहिद भूमि गाउँपालिकामा पनि नेपाली कंग्रेसले उम्मेद्धारको घोषणा गरेको छ । जसअनुसार सो गाउपालिकाको वडा नं १ वडाध्यक्ष उम्मेद्धरमा अशोक राई,वडा नं २ को वडाध्यक्षमा शिव कुमार राई वडा नं ३ को वडा ध्यक्ष उम्मेद्धारमा लाखमान राई, वडा नं ४ को वडाध्यक्ष उम्मेद्धारमा सन्तोष कुमार राई वडा नं ५ को वडाध्यक्ष उम्मेद्धारमा राम कृष्ण राई,वडा नं ६ को वडाध्यक्ष उम्मेद्धारमा साजन राई र वडा नं ७ को वडाध्यक्ष उम्मेद्धारमा कमल राई लगायत २८ जना वडा सदस्यहरुको नाम समेत पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईले सार्वजनिक गर्नुभएको हो ।
सभामा सांषद मनोहर नारायण श्रेष्ठ, महासमिति सदस्य आनन्द सन्तोषी राई, केन्द्रिय सदस्य ममता राई, महाधिवेशन प्रतिनीधि राम कुमारी भण्डारी लगायतकाले स्थानीय स्तरको समृद्धी र विकासका लागि रुख चिन्हमा मतदान गरी नेपाली कंग्रेसलार्य जिताउन मतदाताहरुलाई आग्रह गरेकाछन् ।
भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस् >>> नेपाली कांग्रेस पाख्रीवास नगरपालिका धनकुटाको चुनावी उम्मेद्धार घोषणा सभालाई सम्वोधन गर्दै पार्टीका केन्द्रिय सदस्य डा शेखर कोईराला


