“रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ” भन्ने नाराका साथ हिलेमा १ सय १२ पाउण्ड रगत संकलन गरियो

धनकुटा खबर, जेष्ठ ३१ । आज जुन १४ तारिख अर्थात विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ देशभर विश्व रक्तदाता दिवस मनाईएको हो ।

दिवसको अवसरमा हिले व्याड्मिण्टन क्लव हिलेले पनि रगत संकलन गरेको छ । व्याडमिण्टन क्लव हिलेको आयोजना तथा नेपाल रेडक्रस शोसाईटी धनकुटाको सहयोगमा आयोजीत रगत संकलन कार्यक्रममा १ सय १२ पाउण्ड रगत संकलन भएको छ ।

संकलीत रगत रेडक्रसको व्लड डोनेशन केन्द्र धरान पठाईएको नेपाल रेडक्रस शोसाईटी हिले उपशाखाका सभापति धिरेन थिङ्गले जानकारी दिनुभयो । मानव रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा कार्ल ल्याण्ड स्टिनरको जन्मदिन जुन १४ को सम्झनामा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन सुरु गरिएको हो ।

नेपाल सरकारको निर्णयबाट नेपाल रेडक्रस सोसाइटीले २०२३ साल साउन १२ गतेदेखि संस्थागत रुपमा रक्तसञ्चार कार्यक्रमलाई सञ्चालन गर्दै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।