पाख्रिबासमा एक महिने हाउसवाईरीङ तालिम सम्पन्न

धनकुटा खबर, जेठ ३१ । नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाको आयोजनामा पाख्रिबासमा सञ्चालित एक महिने हाउसवाईरीङ तालिम आज सम्पन्न भएको छ ।

जेष्ठ २ गतेबाट सञ्चालन भएको तालिममा नगरपालिकाको सबै वडाका १७ जनाको सहभागिता थियो । तालिम समापन कार्यक्रमका प्रमुख अतिथी घरेलु तथा साना उघोग जिल्ला विकास समिति धनकुटाका निमित्त प्रमुख सत्यनारायण राईले आधारभुत तालिम मात्र नभएर आगामी दिनमा एडभान्स तालिमहरु सञ्चालन गर्न घरेलु तथा साना उघोग संग पहल गर्ने बताउनु भयो ।

त्यस्तै नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष सञ्जय सन्तोषि राईले आदिबासी जनजाति समुदायको विकास र समृद्धिका लागि दक्ष जनशक्ति उत्पादनमा जोड दिदै यस्ता तालिम महासंघले सञ्चालन गरेको बताउनु भयो ।

कार्यक्रममा नेपाल सेर्पा संघका केन्द्रिय सदस्य आङदावा सेर्पा, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष सन्तवीर लामा, तालिमका प्रशिक्षक नगेन्द्र लिम्बु, सञ्चारकर्मी लगायत प्रशिक्षार्थीहरुको उपस्थिती थियो ।

तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई कार्यक्रमका अध्यक्ष तथा प्रमुख अतिथी, अतिथीहरुले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाल आदिबासी जनजाति महांसघ जिल्ला समन्वय परिषद धनकुटाका सदस्य निरोज गुरुङले गर्नु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।