तराईलाई भारतमा मिलाउने अन्तिम लक्ष्य भएको राजपा भारतीय मधेशीको संगठन हो : साध्यबहादुर भण्डारी (भिडियो सहित)

इस्यु अफ डे टिभी टकमा जनमाेर्चा नेपालका अध्यक्ष साध्यबहादुर भण्डारीले व्यक्त गरेको बिचारहरु :
१- बिपी भारतमै निर्वासनमा रहदा नेपालको परराष्ट्र र रक्षा नीति भारतलाई सुम्पने शर्तमा बीपीलाई पुन: नेपालको राजनीतिमा स्थापित गरिदिने भारतको प्रस्तावलाई अस्वीकार गर्दै सो प्रस्तावलाई लत्याएर बिपी नेपाल फर्किए जसले बिपीलाई राष्ट्रबादीको महान कोटीमा राखी दियो |

२- २०४५को भूकम्प पछि तहसनहस नेपाललाई नाकाबन्दी लगाएर भारतले थप तहसनहस गराउने लक्ष्य राख्यो त्यही बेला यहाको दलहरुलाई भारतले नै उचालेर तत्कालिन पंचायत ब्यबस्थाको बिरुद्ध आन्दोलन गरायो |

ठिक त्यही जनआन्दोलनको बिचमा भारतले एउटा खतरनाक प्रस्ताव पठायो राजा बीरेन्द्रलाई जसमा भनिएको थियो कि नेपालको रक्षा , परराष्ट्र र जलश्रोत भारतको अधिने रहने छ र यो प्रस्ताब स्वीकार गरे तत्कालिन दलहरुले संचालन गरेको आन्दोलनलाई भारतले फिर्ता गराउने र राजा बीरेन्द्र आजीवन पंचायत ब्यबस्था मै राजा भएर रहन सक्ने तर राजा बीरेन्द्रले भारतसंग झुक्नु भन्दा नेपाली जनतासंग झुक्छु भन्दै तत्कालिन आन्दोलनरत दलहरु संग वार्ता गरेर भारतको प्रस्तावलाई अस्विकार गरे |

३ – तत्कालिन प्रतिबन्धित मालेलाई राजतन्त्रको बिरुद्ध हतियार उठाउने र गणतन्त्र ल्याउन युद्ध शुरु गराउन भारतले एक खतरनाक प्रस्ताव पठाएको पनि इतिहास खोले भण्डारीले |

मालेका तत्कालिन एक नेता सलिममिया अन्सारी मार्फत आएको त्यो प्रस्ताबमा भनिएको थियो कि मालेले राजा बिरुद्ध हतियार मात्रै उठाओस त्यस पछि चाहिने सबै सामग्रीहरु बम , लडाकु , गोलीगठ्ठा सहित मालेलाई मुख्यालय रहने १० वर्ग किलोमिटर को जमिन पनि उपलब्ध गराउने भनिएको थियो तर त्यो प्रस्ताबलाई तत्कालिन माले नेता मदन भण्डारी र सिपि मैनालीले ठाडै अस्विकार गरेको गम्भीर बिषयलाई भण्डारी ले खुलासा गरे |

पछि त्यही भारतीय प्रस्तावलाई बाबुराम र प्रचण्डले स्वीकार गरेर नेपालमा जनयुद्ध थालेको भण्डारीको दाबि |

४ – वर्तमान राजनैतिक गतिरोधबारे भण्डारी अझै एक कदम अघि बढेर भन्छन यी सबै संकटका शुत्रधार भनेकै राष्ट्रघाती गिरिजा हुन् | जोसंग पनि हुने नहुने सम्झौता गरे अनि अहिले त्यही सम्झौताको बलमा भारतले उचालेको राजपाले बितण्डा मचाउदै छ |

५ – राजपाका नेता महन्थ ठाकुर , अनिल झा , राजेन्द्र महतो सबै अंगिकृत भारतीय नागरिक हुन् र राजपा भनेको रैथाने नेपाली मधेशीको संगठन होइन , अंगिकृत भारतीय नागरिकहरुको संगठन हो र राजपाको अन्तिम लक्ष्य भनेको नेपालको तराईलाई टुक्र्याउने र भारतमा मिलाउने हो | राजपासंग जति पल्ट वार्ता गरे पनि कुरा मिल्दैन |

राजपाका एक नेता शरदसिंह भण्डारी नेपालको रक्षा मन्त्रि हुदाखेरि नै तराईको २२ जिल्ला टुक्र्याउने धम्कि दिएको कुरालाई बिर्सन नहुने भन्दै साध्यबहादुर भण्डारी भन्छन शरदसिंह भण्डारी ठुलो राष्ट्रघाती हुन् !

५ अहिले संसदमा दर्ता गरेको संबिधान संसोधन बिधेयक पारित भएमा नेपाल टुक्र्याउने अर्को आधारभुमि तयार हुन्छ , हेर्दा साधारण छ तर संसोधनको भित्रिकुरा नेपाल विघटनमै जोडिन्छ भन्छन भण्डारी |

हेर्नुहोस साध्यबहादुर भण्डारीसंगको बेजोड अन्तर्वार्ताको भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।