धनकुटा र हिलेका पसलहरुमा अनुगमन: म्याद नाघेका खाद्य तथा पेय पदार्थ र दर्ता नै नगरी औषधी पसलहरु सन्चालन गरेको पाईयो
धनकुटा र हिलेका विभिन्न पसलहरुमा म्याद नागेका खाद्य तथा पेय पदार्थहरु फेला परे, औषधी पसलहरु समेत दर्ता नै नगरी सञ्चालन गरेको पाईयो
धनकुटा खबर, आसार १ । धनकुटा र हिले वजारका विभिन्न पसलहरुमा म्याद नाघेका खाद्य तथा पेय पदार्थहरु फेला परेकाछन् ।
धनकुटा र हिले वजारका किराना पसल, औषधी पसल र होटलहरु लगायतका १८ वटा पसलमा आज गरिएको अनुगमनको क्रममा त्यस्ता पदार्थ पाईएको अनुगमन टोलिले जनाएको छ । त्यस्ता पदार्थहरु जफत नष्ट गरिएको जनाईएको छ ।

जिल्ला प्रशासन कार्यलय धनकुटाको अगुवाई र यहाँका अन्य सरोकारवाला संघ संस्थाको पहलमा गरिएको अनुगमनको क्रममा कतिपय होटलका कोठाहरुमा खुल्ला रुप मै चुरोट पीउन दिने गरिएको पाईएकोले त्यस्ता होटल सञ्चालकहरुलाई अव देखी होटलका कोठामा चुरोट खान नदिन निर्देन दिईएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद घिमिरेले वताउनुभयो ।
अहिले सार्वजनिक स्थलहरुमा अरुलाई असर गर्ने गरी सूर्तिजन्य पदार्थ,लागु पदार्थहरु सेवन गर्न नपाईने व्यवस्था अनुसार होटलका कोठाहरुमा समेत सुर्तिजन्य पदार्थ सेवन गर्न नपाईने उहाँले वताउनुभयो ।

अनुगमन टोलिका अनुसार कतिपय औषधी पसलहरु समेत दर्ता नै नगरी सञ्चालन गरिएको पाईएको र कतै उपभोक्ताले वुझ्ने गरी सामानहरुको मूल्य सूचि नराखेको,लेवल नराखेको पाईकोले त्यस्ता पसल सञ्चालकलाई मूल्य सूची र लेवल राख्न निर्देन दिईएको छ भने किराना पसलहरुमा खाद्य तथा किराना सामानहरु सँगै सूर्तिजन्य पदार्थ राखेर वेचविखन गरेको पाईएकोले त्यसो नगर्न भनिएको छ ।
कुनै पनि किराना वा खाद्य् पदार्थ वेचविखन गर्ने पसलहरुमा सूर्तिजन्य पदार्थ र अन्य खाद्य्पदार्थ एकै ठाउमा राखेर वेच्न नपाई नियम रहेको अनुगमन टोलिमा संलग्न धनकुटा नगरपालिकाका प्रशासकीय अधिकृत डम्वर रोगुले वताउनुभयो ।
टोलिले नवदुर्गा किराना पसल, सिद्धिविनायक किराना पसल,खड्का फेन्सि स्टोर, गजुर होटल, टुरिजम होटल,वुद्ध फार्मेसी लगायतका पसलहरुका अनुगमन गरेको थियो ।
अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी,उद्योग वाणीज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे सहित घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यलय धनकुटा,उपभोक्तामञ्च,जिल्ला स्वास्थ्य कार्यलय धनकुटा लगायत कार्यलयका कर्मचारी र सञ्चार कर्मीहरुको उपस्थिती थियो ।


