ग्यास्ट्रिकले सताएर हैरान हुनुहुन्छ ? अब अपनाउनुहोस् यि उपाय…

भनिन्छ ग्यास्ट्रिक नेपालीको राष्ट्रिय रोग हो। धेरैको ग्यास्ट्रिक गुनासो सुन्न पाईन्छ हिजो आज । मानिस खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज। अत्याधुनिक जीवनशैली, कम ब्यायाम, मीसावट युक्त अन्न, बिशादीपूर्ण तरकारी, जिब्रोले स्वाद माने अत्याधिक भोजन जस्ता स्वास्थ्य प्रतिकुल कृयाकलापले मानिस रोग बाट ग्रसित छ। मसालेदार, तारेभुटेको, चप्प खोज्ने हाम्रो स्वादे जिब्रोनै हाम्रो परम शत्रु बन्न पुगेको छ।
नआतिनुहोस् यहाँ हामीले पाएको फाईदा यहाँहरु समक्ष् बाँड्दै छौँ। जुवानो र बिरे नुन त हामी सबैको भान्छामा हुने चिज हो। हो यही हो यो रोग को औषधी । जुवानो सुत्केरीलाई मात्र खुवाउने चिज होइन रहेछ। यो त पाचक रहेछ, त्यही भएर त्यो सुत्केरी अवस्थाको अत्यधिक चिल्लो पचाउने काम गर्दो रहेछ यसले।

औषधी बनाउने बिधी यस्तो छ एकातिर बिरे नुनलाई धुलो हुने गरी पिसौं। ज्वानो ५ चम्चा जत्ती भुटौं र त्यो पनि पिसौं। ५ चम्चा ज्वानो मा करीब १ चम्चा बिरे नुन मिसाऔँ । यही अनुपातमा आफुँलाई चाइने मात्रामा तयार गरेर एउटा बन्द भाडोमा राख्न सकिन्छ। जब आफुलाई रोगबाट पीडित महसुस हुन्छ तत्काल यस्को प्रयोग गर्न सकिन्छ। तत्कालै यसबाट राहत पाईन्छ। रोग नियन्त्रणमै छ भने राती सुत्नु अघी २ चम्चा यो तयार गरेको औषधी खाएर सुत्दा बिहान पेट सफा हुनुका साथै दिसा खेलेर आउँछ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।