नाकबाट रगत बग्ने समस्या बढी देखियो ? जान्नुहोस् कारण र समाधान !

विभिन्न खाले सङ्क्रमण र अध्यधिक गर्मीले नाक सुक्खा हुँदा नाकबाट रगत बग्ने (नाथ्री फुट्ने) समस्या बढी देखिन थालेको छ ।

वीर अस्पतालका नाक, कान र घाँटी रोग विशेषज्ञ डा लालकिशोर यादवले नाकबाट रगत बग्ने विभिन्न कारण भए पनि सङ्क्रमण नै मुख्य कारण भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नाक कोट्याउने बानी, चोटपटक, ठोक्किएर, पिनास, नाकको भित्रको मसिनो पर्दा (रक्तनली) फुटेर रगत बग्ने सम्भावना बढी हुन्छ, ”

त्यस्तै रगत जमाउने तत्वमा कमी आउँदा, रगत पातलो बनाउने औषधिको सेवनका कारणले पनि रगत बग्ने गर्छ– डा यादवले भन्नुभयो ।

ओम अस्पतालका नाक, कान, घाँटी विभागका प्रमुख डा अनिल झाले पछिल्लो समय अत्यधिक धुलोका कारणले पनि नाकलाई सुक्खा बनाउँदा नाकको भित्री भागमा रगतको सम्पे्रषण हुने नली फुट्न सक्ने बताउनुभयो ।

उहाँले कसैलाई रगत बगेर केही समयमा रोकिन सक्छ तर लामो समयसम्म रगत बगिरहेमा चिकित्सकसँग सल्लाह लिनुपर्छ, नत्र समस्या बढ्न सक्ने बताउँदै चिकित्सककहाँ जान समय लाग्ने भए र रगत बग्न रोकिएन भने घरमै नाकलाई थिचेर मुखबाट स्वास फेर्न तथा बरफ नाक माथि राख्दा केही हदसम्म लाभ हुन्छ भन्नुभयो ।

चिकित्सककाअनुसार वृद्धवृद्धालाई विभिन्न खाले समस्या देखिने र बच्चा पनि बढी नाक कोट्याउने, घाममा बढी खेल्ने भएकाले यी उमेरका व्यक्ति बढी प्रभावित हुने गर्छन् । धेरै रगत बग्दा रक्तचाप कम हुने, चक्कर लाग्ने, नाकमा अन्य समस्या देखापर्ने र अत्यधिक रगत बग्दा ज्यानलाई जोखिम हुने भएकाले समयमा उपचार गराउनुपर्छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।