२ नम्बर प्रदेशमा काँग्रेस हार्ने निष्कर्षमा पुगेपछि चुनाव मिति सारिएको हो : महासचिव पोखरेल

काठमाडौं, २ असार । एमाले महासचिव ईश्वर पोखरेलले दुई नम्बर प्रदेशमा काँग्रेस हार्ने निष्कर्षमा पुगेपछि निर्वाचनको मिति सारिएको आरोप लगाएका छन् ।

शुक्रबार प्रेस चौतारी नेपालले राजधानीमा गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । पोखरेलले काँग्रेसले राजपा र माओवादी केन्द्रलाई झुक्याएको टिप्पणी गरे ।

निर्वाचनको मिति सार्ने सरकारको निर्णय संविधान र निर्वाचनको मूलभूत मान्यता विपरीत भएको उनले बताए ।

उनले निर्वाचन आयोगको सहमति विपरीत निर्वाचनको मिति सारिएको र राजपाले पनि उक्त निर्णयमा फरक धारणा राखेको बताउँदै भने, ‘प्रतिपक्षीलाई त सेयरिङसमेत गरिएन ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।