राजपा नेपालको आन्दोलन कायमै, चुनाव सार्ने निर्णय अस्विकार
असार २ गते मनोनयन दर्तालाई अवरोध पुर्याउने गरी लाठी जुलुस र बन्दको आयोजना
काठमाडौं, २ असार । राष्ट्रिय जनता पार्टीले आन्दोलनका कार्यक्रमहरु यथावत राख्ने र निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । २ नम्बर प्रदेशको चुनाव सार्ने सरकारको निर्णयलाई राजपाले अमान्य घोषणा गरेको छ ।

शुक्रबार पूरानो तमलोपाको कार्यालय विजुलीबजारमा बसेको राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको बैठकले चुनाव बिथोल्ने गरी घोषणा गरिएका संघर्षका कार्यक्रम जारी राख्ने निर्णय गरेको हो ।


