यस्ता प्रतिवद्धता अघि सार्दै आजपनि एमाले धनकुटा हिलेको शान्ति टोलमा

धनकुटा खबर । नेकपा एमाले धनकुटा नगरपालिका वडा नं १ ले आज चुनाबि सभा तथा घरदैलो कार्यक्रम हिले शान्ति टोलमा सम्पन्न गरेको छ ।

शान्ति टोलको चुनाबि सभामा बोल्दै पार्टिका वडा अध्यक्ष्य उम्मेदार निरन तामाङले शान्ति टोल देखि जुन चियाँ बारि सडकखण्डलाई स्तरोन्ति गरि बाह्रैमास एम्बुलेन्स चल्न सक्ने बाटो बनाउने आस्वासन दिदै सुर्य चिन्हमा मतदान गर्न आग्रह गर्नु भयो ।

त्यस्तै पात्ले, निगाले , कुवापानिमा घरदैलो कार्यक्रम गदै टोल टोलमा कृषि सहकारीको स्थापना गरी सहकारीको माध्यमवाट किसानहरुको आयआर्जन व्यवसायिक बनाउने, आधुनिक कृषि प्रणालीद्धरा व्यवसायिक खेति गर्नको लागि वीउ मल र स्रोत साधान तालिमको व्यवस्था गर्ने जिल्ला सचिवालय सदस्य तथा वडा अध्यक्ष्य उम्मेदार तामाङ सदस्य उम्मेद्धार लगायत नेता तथा कार्यकर्ता हरुले प्रतिवद्धता जनाउदै सुर्य चिन्हमा मतदान गरी नेकपा एमालेलाई बिजयी गराउन अनुरोध गरेकाछन् ।

अभियानमा १ सय २५ जना नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो । यसैवीच एमालेले भोलि सागुरिगडि गाउँपालिको उम्मेद्धारी घोषणा सभा गर्ने भएको छ । पार्टिले सो गाउँपालिकामा आफ्नो चुनाबि प्रचार प्रसार अभियान अन्र्तगत घरदैलो कार्यक्रमलाई तिव्रता दिदै औपचारिक रुपमा उम्मेद्धार घोषणा गर्न लागेको हो ।

त्यहाँका प्राकृतिक स्रोत साधनको वारेमा विषयगत विज्ञयहरुसंग आवश्यक परामर्श गरि दिर्घकालिन रुपमा गाउपालिकाको उन्नती र प्रगती गर्न प्राकृतिक स्रोत साधनको परिचालन गर्ने, चुरेपाहाडमा जलवायू परिवर्तनका कारणले हुने क्षती प्राकृतिक समस्या लाई नियण्त्रण गर्न र प्रकृतिक स्रोत साधनलाई बचाउन विशेष जनचेतान मुलक कार्यक्रम ल्याउने, दक्ष नागरीक जनशक्ति उत्पादनका लागि आधुनिक प्राबिधीक गुणस्तरीय उच्च शिक्षाको विद्यालय तथा क्याम्पसको व्यवस्था गर्ने, विभिन्न जाताजातिको ऐतिहासीक सास्कृतकि धरोहरको संरक्षण प्रवद्र्धन गर्ने, प्रत्येक वडमाा स्वस्थ्य चौकिको व्यवस्था गर्ने, सिपमुलक तालिम तथा कृषि इलम विकास गरी स्थानिय तहमा आयआर्जन संगै जनताको जीवन स्तरको सुधार गर्ने, हरेक नागरीक लाई स्वस्थ जीवन जिउनका लागि स्वच्छ खाने पानीको व्यवस्था गर्ने लगाएतका आफ्ना प्रतिवद्धताका साथ बिहान ११ बजे सो गाउँपालिकाको नाम्जे बजारमा उम्मेदारी घोषणा सभाको आयोजना गरिएको सागुरिगडि गाउँपालिकाका मेयर उम्मेदार कुमार जङ्ग याख्खाले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।