एमालेमा प्रवेश गरेकी राजपाकी अनिताले एमालेको तारिफ गर्दै भनिन्,- मधेश र मधेशी जनताको हित मात्र एमालेले गर्न सक्छ (भिडियो सहित)

काठमाडौँ, ४ असार । चुनावमा भाग नलिने राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को निर्णयमा विरोध जनाउँदै पार्टी परित्याग गरेका दुई जना केन्द्रीय नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार विशेष कार्यक्रमबीच राजपाका केन्द्रीय कोषाध्यक्ष अनिता यादव र केन्द्रीय सदस्य राजेश्वर महासेठ लगायत एमालेमा प्रवेश गरेका हुन् । चुनावमा भाग नलिने निर्णय गरेको राजपाभित्र अराजकता र अतिवाद मौलाएकाले आफूले राजपा परित्याग गरेको यादवले बताइन् । धनुषा जिल्ला निवासी रहेकी यादव तराई मधेश लोकतान्त्रिक पार्टीको संस्थापक नेतृ हुन् । राजपा बनेपछि पनि उनी कोषाध्यक्ष थिइन् । पार्टी प्रवेश गरेपछि अनिता यादवले यसो भनिन हेर्नुहोस तल भिडियोमा :



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।