राजपा कोषाध्यक्ष सहित १५ जना एमालेमा प्रवेश, स्वागत गर्दै ओलीले भने,- मधेसी जनताले आफ्नो पार्टी चिनिसके (भिडियो सहित)

काठमाडौँ, ४ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता र मुलुकको स्वाभिमानमा आँच पु¥याउने कुनै पनि कुरामा सौदाबाजी गर्न नसकिने बताउनुभएको छ । एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले एमाले वैमनस्यताको अन्त्य गरेर समझदारी र सहकार्यमा सिङ्गै देशलाई लैजाने देशभक्त पार्टी हो, राष्ट्रिय एकता, मुलुकको हित र स्वाभिमानलाई लाभसँग सौदाबाजी गर्न सकिँदैन भन्नुभयो ।

उहाँले तराई मधेसमा एमाले विरोधीहरु नभएको उल्लेख गर्दै थप्नुभयो, “तराई मधेसमा एमालेका विरुद्ध अब आरोप लाग्न सक्दैन, हामीविरुद्ध भ्रम छर्ने काम भएको छ, त्यो भ्रमलाई चिर्न जरुरी छ ।” अध्यक्ष ओलीले सरकारको ध्यान संविधान कार्यान्वयन नभई विपरीत कुरामा गएको आरोप लगाउँदै संविधान औचित्यका आधारमा संशोधन गर्न सकिने तर बलजफ्ती देशलाई अहित पार्ने गरी प्रस्ताव आएमा एमालेलाई मान्य हुँदैन भन्नुभयो ।

आज पार्टी प्रवेश गर्नुभएकी राष्ट्रिय जनता पार्टीका कोषाध्यक्ष अनिता यादवलगायतलाई पार्टीमा स्वागत गर्दै उहाँले नवप्रवेशीलाई पार्टीले उचित जिम्मेवारी दिने जानकारी दिनुभयो ।

पन्ध्र जना एमालेमा
चुनावको मुखैमा राजपाका केन्द्रीय कोषाध्यक्ष अनिता यादवसहित विभिन्न दलका १५ जना एमालेमा प्रवेश गर्नुभएको हो । अनिता तराई मधेस लोकतान्त्रिक पार्टीका संस्थापक नेता श्रीकृष्ण यादवकी पत्नी हुनुहुन्छ । यादवको २०६६ साल माघ ८ मा मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा निधन भएपछि अनिता तमलोपामा सक्रिय भई दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार बन्नुभएको थियो । एमाले प्रवेश गर्दै अनिता यादवले माले नेतृत्वको सरकारले तराईको विकासमा देखाएको चासोले आफू एमालेप्रति आकर्षित भएको बताउनुभयोे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।