धनकुटामा बाजागाजा सहित उत्साहपूर्वक मनोनयन दर्ता

धनकुटा खबर, असार ४ । २० वर्ष पछि हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि आईतबार उम्मेद्वारहरुले उत्साहपूर्वक मनोनयन दर्ता गराएका छन् ।

धनकुटा जिल्लाका सात स्थानीय तहहरुमा राजनीतिक दलका उम्मेद्वारहरुले वाजागाजा सहित निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । धनकुटा सदरमुकामको मदन चोक देखि मुख्य निर्वाचन कार्यालय रहेको सामुदायिक भवनसम्म विभिन्न राजनीतिक दलहरुको नारा जुलुस लगाउदै मनोनयन गराएका थिए ।

त्यस्तै जिल्लाका अन्य स्थानीय तह पाख्रीवास नगरपालिका, महालक्ष्मी नगरपालिका, साँगुरीगढी गाउँ पालिका, चौविसे गाउँपालिका, छथरजोरपाटी गाउँपालिका, खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकाको निर्वाचन कार्यालयमा पनि उत्साहपूर्वक उम्मेद्वारहरुले मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यलयले बताएको छ ।

विहान ८ वजेदेखि मनोनयन दर्ता सुरु भए पनि पहिले दल दर्ताको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले १०ः३० बजे मात्र उम्मेद्वारको मनोनयन दर्ता गराएको छ । पूर्व वाणिज्य तथा आपूर्ती मन्त्री एंव सांसद सुनिलवहादुर थापाको नेतृत्वमा नेता कार्यकर्ताको जुलुस सहित राप्रपा मनोनयन दर्ताको लागि सामुदायिक भवन पुगेका थिए ।

त्यसपछि नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीका उम्मेद्वारहरु नारा जुलुस सहित मनोनयन दर्ताका लागि सामुदायिक भवन पुगेका थिए । राजनीतिक दलहरुलाई उम्मेद्वार मनोनयन दर्ताको लागि मुख्य निर्वाचन कार्यालयले समय तोकिदिएको थियो ।

त्यसै गरि धनकुटा नगरपालिकाको मेयरमा ६ जनाले उम्मेद्वारी दिएका छन । कांग्रेसको तर्फबाट धनकुटा नगरपालिकाको मेयरमा दिनेस राई र उपमेयरमा रेणु श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन । एमालेको तर्फबाट नगरपालिकाको मेयर चिन्तन तामाङ र उपमेयरमा सकुन्तला बस्नेत, माओबादी केन्द्रको तर्फबाट गणेश विष्टले मेयरमा र विष्णुमाया कन्दङवा(कविता) ले उपमेयरमा उम्मेद्वारी दर्ता गराएका छन ।

त्यसै गरि राप्रपाको तफैबाट बालनन्द भुर्तेलले मेयरमा र उपमेयरमा ताराकुमारी तामाङको उम्मेद्वारी परेको छ । नयाँशक्ति पार्टीको तर्फबाट गणेस पोखरेलले मेयरमा र सरकुमारी आठपहरियाले उम्मेद्वारी दर्ता गराएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । त्यसैगरी संघिय लिम्बुवान र जनमुक्ति पार्टीको तर्फबाट साँझा उम्मेदुवारको रुपमा मेयरमा ईन्द्र रसाइली र शान्त राईको उम्मेद्वारी छ ।

त्यसै गरि अन्य दुई नगर पालिकाहरु पाख्रिवास र महालक्ष्मी नगरपालिकामा र अन्य चार गाउ पालिकाहरुमा पनि मुख्य राजनैतिक दलहरु नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओ वादि केन्द्र र राप्रपा सबैले उम्मेद्धुवारी दिएका छन ।

धनकुटामा नेकपा एमालेले सबै नगर र गाउ पालिकाहरुमा आफै निर्वाचनमा उत्रेको छ भने सागुरी गढि र चौविसे गाउ पालिकामा नेपाली काग्रेस र संघिय समाज वादि फोरम, महालक्ष्मी नगरपालिकामा नेपाली काग्रेस र राप्रपाको तालमेल भएको छ ।

अन्य छथर जोरपाटि, खाल्सा छिन्ताङ्ग शहिद भुमि गाउ पालिकाहरुमा सबै पाटिहरु आफु आफै मनोनयन दर्ता गएका छन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।